थापाथलीस्थित प्रसूति अस्पतालमा पनि पीसीआर परीक्षण हुने « Khabarhub

थापाथलीस्थित प्रसूति अस्पतालमा पनि पीसीआर परीक्षण हुने


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोरोना (कोभिड १९) को परीक्षण सुरु हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएसँगै एकसाता भित्र अस्तपालमा कोभिड १९ परीक्षण सुरु हुने भएको हो ।

अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार पीसीआर प्रयोगशालको औपचारिक उद्घाटन गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पीसीआर प्रयोगशालाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मन्त्री ढकालले प्रसूति सेवाका लागि विशिष्ठ योगदान दिदैँ आएको अस्पतालको स्तरोन्नतीका लागि सरकार थप सहयोग गर्न तयार रहेको बताए । उनले महानगरपालिकाले गरेको सहयोगको प्रसंशा गरे ।

अस्पताल उपनिर्देशक श्रीप्रसाद अधिकारीले अस्पतालको ६१ औँ वार्षिक उत्सवको अवसर पारेर ल्याबको उद्घाटन गरेको भन्दै अब छिट्टै सेवा सुचारु गरिने बताए ।

‘आज ल्याबको उद्घाटन भयो । यसको प्रक्रिया पूरा गरेर एक हप्ता भित्रैबाट सेवा सुरु गर्ने तयारी थालेका छौँ,’ अधिकारीले भने, ‘काठमाडौँ महानगरपालिकाले पीसीआर मेसिन सहयोग गरेर निकै ठूलो गुण लगाएको छ ।’

महानगरले पीसीआर मेसिन सहित भिटिएम १ हजार ५ सय थान, आरडीटी १ हजार ५ सय थान र पीपीई ५ सय थान उपलब्ध गराएको छ ।

अस्पतालकी निर्देशक संगीता कौशल मिश्राले महानगरपालिकाले पीसीआर मेसिन सहयोग गरेपछि परीक्षण सुरु गरिने बताइन् ।

काठमाडौँ महानगरपालिकाले गत साउन ४ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई पीसीआर मेसिनसहित कोभिड–१९ का लागि अत्यावश्यक केही स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ७ : ५१ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली