अमेरिकामा बस्ने म्याग्देलीले गरे म्याग्दीका बाढीपहिरो पीडितलाई साढे ३४ लाख सहयोग « Khabarhub

अमेरिकामा बस्ने म्याग्देलीले गरे म्याग्दीका बाढीपहिरो पीडितलाई साढे ३४ लाख सहयोग


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर – म्याग्दीका बाढीपहिरो पीडितलाई अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने म्याग्देलीले करिब रु साढे ३४ लाख सहयोग गरेका छन् ।

म्याग्दी समाज न्यूयोर्क अमेरिकाले त्यहाँ रहेका म्याग्देलीबाट सहयोग सङ्कलन गरी जिल्लाभरका बाढीपहिरो पीडितलाई रु ३४ लाख ४५ हजार सहयोग प्रदान गरेको हो ।

गत असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी, मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा बाढीपहिरोमा ज्यान गुमाएकाको परिवार, घाइते, सुत्केरी र पूर्णरुपमा विस्थापित भएकालाई म्याग्दी समाज न्यूयोर्कले स्थानीय तहका जनप्रतिनिधिमार्फत उनीहरुको हातहातमै आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

स्थानीय तह र प्रहरीले उपलब्ध गराएको विवरणका आधारमा समाजले धवलागिरीमा मृतकका परिवार, घाइते र चार जना सुत्केरीलाई रु २ लाख ८० हजार तथा पूर्णरुपमा क्षति भएका ४४ घरपरिवारलाई रु ११ लाख सहयोग गरेको छ ।

त्यस्तै मालिका गाउँपालिकामा मृतकका परिवार र घाइतेलाई रु ७० हजार तथा पूर्णरुपमा क्षति भएका ५३ घरधुरीलाई रु १३ लाख २५ हजार, मङ्गला गाउँपालिकामा १५ घरधुरीलाई रु ३ लाख ७५ हजार, रघुगङ्गा गाउँपालिकामा मृतकका ३ जना परिवारलाई रु ३० हजार तथा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई जना मृतकका परिवार र एक जना घाइतेलाई रु ३० हजार एंव पूर्ण क्षति भई विस्थापित भएका १९ परिवारलाई रु दुई लाख ३५ हजार सहयोग गरिएको म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णबहादुर पुनले बताए ।

पूर्णरुपमा विस्थापित भएका प्रतिघरधुरीलाई रु २५ हजार, प्रतिमृतक परिवारलाई रु १० हजार, प्रतिघाइते व्यक्तिलाई रु १० हजार र प्रति सुत्केरी महिलालाई रु १० हजारको दरले सहयोग गरिएको उनको भनाइ छ । त्यस्तै एकै परिवारमा दुई जनाले ज्यान गुमाएकालाई रु १५ हजार, तीन जनालाई रु २० हजार र चार जनालाई रु २५ हजार नगद सहयोग गरिएको बताइएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा सम्बन्धित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायत स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १२ : ४९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने