प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको कोरोना रिपोर्ट फेरि पोजेटिभ « Khabarhub

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको कोरोना रिपोर्ट फेरि पोजेटिभ


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको छ ।

मन्त्री घिमिरेलाई कोरोनाको लक्षण देखिएको दुई सातापछि बिहीबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट फेरि पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरू हराउँदै गएकाले फेरि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री घिमिरेको स्वकीय सचिवालयले जनाएको छ ।

रुघाखोकी, जीउ दुख्ने लक्षणबाहेक डाइरिया, टाउको दुख्ने, ज्वरो जस्ता समस्या समाधान हुँदै गएको प्रमुख स्वीकय सचिव तिलकबहादुर बस्नेतले बताए । बस्नेतका अनुसार मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य छ ।

मन्त्री घिमिरेलाई १५ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  २ : ०७ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र