नेकपा स्थायी कमिटी बैठक : कार्यकारी अध्यक्ष प्रचण्ड, ओली सरकार सञ्चालनमा केन्द्रित हुने « Khabarhub

नेकपा स्थायी कमिटी बैठक : कार्यकारी अध्यक्ष प्रचण्ड, ओली सरकार सञ्चालनमा केन्द्रित हुने


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारु९ दल नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले प्रचण्डलाई पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी दिएको हो ।

अर्का अध्यक्ष केपी शर्मा ओली भने सरकार सञ्चालनमा केन्द्रित हुने बैठकले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सरकारले दैनिक कामकारवाही जारी राख्न सक्ने तर राष्ट्रिय महत्वका विषयमा पार्टीको निर्णय सरकारले मान्नुपर्ने पनि बैठकले निर्णय गरेको श्रेष्ठले बताए ।

बैठकले एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर पारित गर्ने निर्णयसमेत स्थायी समिति बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

उनका अनुसार के संशोधन र परिमार्जन गर्ने भन्ने विषयमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समितिको सुझावका आधारमा काम हुने बताए।

त्यस्तै श्रेष्ठका अनुसार चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमै महाधिवेशन गर्ने निर्णय बैठकले गरेको हो । महाधिवेशनको तयारीका सम्बन्धमा छलफलका लागि २०७७ कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले बिहीबारको बैठकको प्रारम्भमै धारणा राखेका थिए । ओलीले देशी र विदेशी शक्तिले पार्टी फुटाउन चाहेको तर त्यसलाई आफूहरुले असफल पारेको प्रष्ट पारेका थिए ।

स्थायी समिति बैठकमा १३ जना स्थायी समिति सदस्यले धारणा राखेका छन् । नेताहरुको विचार सुनेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको अन्तिममा धारणा राखेका थिए ।

आजको बैठकसँगै असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ४ : ५१ बजे

हरितालिका : टिकटक र सेल्फीमय पशुपति परिसर 

काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व

विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको