काठमाडौंमा मात्र अहिलेसम्मकै सबैभन्दा धेरै ६२० संक्रमित थपिए, एक जनाको मृत्यु « Khabarhub

काठमाडौंमा मात्र अहिलेसम्मकै सबैभन्दा धेरै ६२० संक्रमित थपिए, एक जनाको मृत्यु


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ६२० कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६९६ जना संक्रमितमध्ये ६२० जना काठमाडौंका रहेको मन्त्रालयले जानकारी दिएको हो ।  यसैगरी काठमाडौंमा एक जना ७० वर्षीय पुरुषको निधन भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना गरी जम्मा ६९६ जना संक्रमित थपिएका छन् ।

यसअघि विहीबार (हिजो) काठमाडौंमा काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना गरी जम्मा ५७२ जना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा १४५४ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३६ हजार ६७२पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि विहीबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ७०० थियो ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ४ : ५७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना