काठमाडौंमा मात्र अहिलेसम्मकै सबैभन्दा धेरै ६२० संक्रमित थपिए, एक जनाको मृत्यु « Khabarhub

काठमाडौंमा मात्र अहिलेसम्मकै सबैभन्दा धेरै ६२० संक्रमित थपिए, एक जनाको मृत्यु


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ६२० कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६९६ जना संक्रमितमध्ये ६२० जना काठमाडौंका रहेको मन्त्रालयले जानकारी दिएको हो ।  यसैगरी काठमाडौंमा एक जना ७० वर्षीय पुरुषको निधन भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना गरी जम्मा ६९६ जना संक्रमित थपिएका छन् ।

यसअघि विहीबार (हिजो) काठमाडौंमा काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना गरी जम्मा ५७२ जना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा १४५४ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३६ हजार ६७२पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि विहीबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ७०० थियो ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ४ : ५७ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल