अपहरण गरी फिरौती माग्ने तीन जना पक्राउ | Khabarhub Khabarhub

अपहरण गरी फिरौती माग्ने तीन जना पक्राउ


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- मान्छे अपहरण तथा बन्धक बनाई फिरौती रकम माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पाँचखाल नगरपालिका वडा नं. १२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका वडा नं. ४ स्थित २८ किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, सोही ठाउँका २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेशस्थान घर भई हाल धुलिखेल–४ स्थित २८ किलो डेरा गरी बस्ने २१ वषीया उमा परियारलाई प्रहरीले  पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार पाँचखाल–१२ देवभूमी घर भएका २३ वर्षीय राजकुमार दनुवारलाई धुलिखेल–४ स्थित २८ किलोमा ४/५ जनाको समूहले अपहरण गरी बन्धक बनाई पचास हजार माग गरेको भन्ने सूचनाका आधारमा खोजतलासका क्रममा तीन जनालाई पक्राउ गरिएको हो ।

आकाश र सविनालाई बिहीवार र उमालाई आज बिहान पक्राउ गरिएको हो । घटनामा संलग्न अरू दुई जनाको खोजी भइरहेको प्रहरी थापाले जानकारी दिए ।

पक्राउ परेकामध्ये सबिनाले दनुवारलाई फोनसम्पर्क गरी भेटघाट गर्न बोलाएको र सँगै कुराकानी गरी बसिरहेको अवस्थामा आफ्ना श्रीमान् आकाशलगायत अन्य व्यक्तिले उनलाई नियन्त्रणमा लिई बन्धक बनाएर घट्ना मिलाउन भन्दै पचास हजार माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरुले बुधवार अपहरण गरेका दनुवारलाई बनेपा–१० बुडोलबाट सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । सो घटनामा पक्राउ परेका तीन जनालाई मुलुकी अपराध संहिता, २०७४ को  परिच्छेद–१७ अन्तर्गत अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : १४ बजे

जुम्लाका किसानलाई जैविक मल वितरण

जुम्ला – कृषि विकास कार्यालयले यहाँका किसानलाई अनुदानमा जैविक मल

निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा पछाडि परेका वर्गलाई

हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

तेहरान – साउदी अरबका पवित्र शहरहरूमा बढ्दो तापक्रमका बीच हज

सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव

दाङ – दाङका एकजना २६ वर्षीय थारु समुदायका युवा जोर्नी