घरमा नकारात्मक शक्तिको प्रभाव वा वास्तुदोष हटाउन शिव पूजा गर्नुहोस् « Khabarhub

घरमा नकारात्मक शक्तिको प्रभाव वा वास्तुदोष हटाउन शिव पूजा गर्नुहोस्


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्म अनुसार भगवान शिव मात्र एक यस्ता देवता हुन् जसको श्रद्धापूर्वक भक्ति गरेमा चाडैँ प्रसन्न हुने गर्दछन् । साथै शिवको आराधनाले मात्र पनि वास्तुदोष निवारण हुन्छ । तसर्थ घरमा कुनै वास्तु दोष भएमा भगवान शिवको आराधना मार्फत यसबाट मुक्ति पाउन सकिन्छ ।

१. घरमा वास्तुदोष भए सुख, शान्ती पाउन शिवलिंगको अभिषेक गरी जलहरीमा रहेको जललाई घरका सबै भागमा ॐ नमः शिवाय करालं महाकाल कालं कृपालं ॐ नमः शिवाय मन्त्र जप्दै छर्किएमा सबै प्रकारका नकारात्मक शक्ति हराएर जानेछ ।

२. कार्यमा लगातार विघ्न, बाधा, आपसी कलह, रोग आदि समस्या भगाउन घरको उत्तर पूर्व (ईशान) वा ब्रह्म स्थानमा रुद्राभिषेक गरे शुभ फल प्राप्त हुन्छ ।

३. घरपरिवारमा भगवान शिवको कृपा बनीरहोस् भन्न घरको पूर्व वा उत्तर पश्चिम (वायव्य) दिशामा बेलको बिरुवा रोपी त्यसमा नियमित बिहान पानी अर्पण गरी साझँमा घ्युमा दियो बाल्नु पर्दछ ।

४. उत्तर पूर्व दिशा भगवानको दिशा मानिन्छ त्यसैले सकारात्मक ऊर्जा प्रवाह एवं शुद्ध विचारमा वृद्धिका लागि उक्त दिशामा भगवान शिवको परिवारको तस्वीर राखेमा शुभ फल प्राप्त हुन्छ ।

५. वास्तुदोषबाट उत्पन्न अकारण भय, समस्उया आदिको निवारणका निम्ति श्री रुद्राष्टकमको पाठ गरेमा सकारात्मक परिणाम प्राप्त हुन्छ ।

६. जुन तस्वीरमा भगवान शिव, माता पार्वती र गणेश कार्तिकका साथ हुन्छन् यस्ता तस्विर घरमा राखेमा अत्यधिक शुभ फलदायी मानिन्छ । यसले घरमा द्वन्द्व बढ्न दिदैन ।

७. भगवान शिवको क्रोधयुक्त तस्वीर कहिल्यै घरमा नराख्नुहोस् । यस्तो तस्वीर विनाशको प्रतिक मानिन्छ ।

८. घरमा आउने जाने सबै मानिसले दर्शन मिल्ने गरी उत्तर दिशामा भगवान शिवको तस्वीर राखेमा आपसी सम्बन्धमा सुधार आउँछ ।

९. घरमा शिवको यस्तो तस्वीर वा मूर्ति मात्र राख्नुहोस् जहा शिवमी खुशी देखिउन् वा नन्दीमा विराजित हुन् वा ध्यान मुद्रामा रहेका हुन् । शिवका यस्ता तस्वीरले घरको वातावरण शान्त रहन्छ । बच्चाहरु समेत एकाग्र रहन्छन् ।

१०. शिवको तस्वीर राखेको स्थान सफा हुनु पर्दछ । शिवको प्रतिमा आसपास फोहोर हुनु हुदैन । अन्याथा घरमा वास्तुदोष बढ्न सम्भावना रहन्छ । जसले हानी पुर्याउँछ ।

११. राम्रो वैवाहिक जीवनलाई घरमा शिवको सपरिवारको तस्वीर राख्नुहोस् ।

१२. भगवान शिवको उभिएको मुद्राको तस्वीर कहिल्यै घर वा अफिसमा राख्नु हुदैन ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १ : ०५ बजे

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

म्याग्दी– म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको

दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशत घट्यो

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

घोराही– देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा

स्याङ्जा- १ का उम्मेदवार मिनप्रसादलाई ६ प्रश्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा देशैभरीका १६५