घरमा नकारात्मक शक्तिको प्रभाव वा वास्तुदोष हटाउन शिव पूजा गर्नुहोस् | Khabarhub Khabarhub

घरमा नकारात्मक शक्तिको प्रभाव वा वास्तुदोष हटाउन शिव पूजा गर्नुहोस्


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्म अनुसार भगवान शिव मात्र एक यस्ता देवता हुन् जसको श्रद्धापूर्वक भक्ति गरेमा चाडैँ प्रसन्न हुने गर्दछन् । साथै शिवको आराधनाले मात्र पनि वास्तुदोष निवारण हुन्छ । तसर्थ घरमा कुनै वास्तु दोष भएमा भगवान शिवको आराधना मार्फत यसबाट मुक्ति पाउन सकिन्छ ।

१. घरमा वास्तुदोष भए सुख, शान्ती पाउन शिवलिंगको अभिषेक गरी जलहरीमा रहेको जललाई घरका सबै भागमा ॐ नमः शिवाय करालं महाकाल कालं कृपालं ॐ नमः शिवाय मन्त्र जप्दै छर्किएमा सबै प्रकारका नकारात्मक शक्ति हराएर जानेछ ।

२. कार्यमा लगातार विघ्न, बाधा, आपसी कलह, रोग आदि समस्या भगाउन घरको उत्तर पूर्व (ईशान) वा ब्रह्म स्थानमा रुद्राभिषेक गरे शुभ फल प्राप्त हुन्छ ।

३. घरपरिवारमा भगवान शिवको कृपा बनीरहोस् भन्न घरको पूर्व वा उत्तर पश्चिम (वायव्य) दिशामा बेलको बिरुवा रोपी त्यसमा नियमित बिहान पानी अर्पण गरी साझँमा घ्युमा दियो बाल्नु पर्दछ ।

४. उत्तर पूर्व दिशा भगवानको दिशा मानिन्छ त्यसैले सकारात्मक ऊर्जा प्रवाह एवं शुद्ध विचारमा वृद्धिका लागि उक्त दिशामा भगवान शिवको परिवारको तस्वीर राखेमा शुभ फल प्राप्त हुन्छ ।

५. वास्तुदोषबाट उत्पन्न अकारण भय, समस्उया आदिको निवारणका निम्ति श्री रुद्राष्टकमको पाठ गरेमा सकारात्मक परिणाम प्राप्त हुन्छ ।

६. जुन तस्वीरमा भगवान शिव, माता पार्वती र गणेश कार्तिकका साथ हुन्छन् यस्ता तस्विर घरमा राखेमा अत्यधिक शुभ फलदायी मानिन्छ । यसले घरमा द्वन्द्व बढ्न दिदैन ।

७. भगवान शिवको क्रोधयुक्त तस्वीर कहिल्यै घरमा नराख्नुहोस् । यस्तो तस्वीर विनाशको प्रतिक मानिन्छ ।

८. घरमा आउने जाने सबै मानिसले दर्शन मिल्ने गरी उत्तर दिशामा भगवान शिवको तस्वीर राखेमा आपसी सम्बन्धमा सुधार आउँछ ।

९. घरमा शिवको यस्तो तस्वीर वा मूर्ति मात्र राख्नुहोस् जहा शिवमी खुशी देखिउन् वा नन्दीमा विराजित हुन् वा ध्यान मुद्रामा रहेका हुन् । शिवका यस्ता तस्वीरले घरको वातावरण शान्त रहन्छ । बच्चाहरु समेत एकाग्र रहन्छन् ।

१०. शिवको तस्वीर राखेको स्थान सफा हुनु पर्दछ । शिवको प्रतिमा आसपास फोहोर हुनु हुदैन । अन्याथा घरमा वास्तुदोष बढ्न सम्भावना रहन्छ । जसले हानी पुर्याउँछ ।

११. राम्रो वैवाहिक जीवनलाई घरमा शिवको सपरिवारको तस्वीर राख्नुहोस् ।

१२. भगवान शिवको उभिएको मुद्राको तस्वीर कहिल्यै घर वा अफिसमा राख्नु हुदैन ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १ : ०५ बजे

सङ्घीय व्यवस्थाअनुसार मानसिकता बदल्नु आवश्यक : नेता सिटौला

इटहरी – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सङ्घीय लोकतान्त्रिक व्यवस्था

व्यावसायिक योजनाबिनै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो : अध्यक्ष लिङ्देन

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गौतमबुद्ध

तीन दिनदेखि जारी तनाव कम गर्दै अन्ततः अमेरिकी मध्यस्थतामा भारत र पाकिस्तानबीच युद्धविराम

काठमाडौं– तीन दिनदेखिको तनाव कम गर्दै अन्ततः भारत र पाकिस्तान

पूर्वाधार निर्माणमा पर्यावरणको मापदण्ड पालना गरौँ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वाधार निर्माणका क्रममा पर्यावरणको मापदण्ड

भारतले पनि गर्‍यो पाकिस्तानबीच युद्धविरामको पुष्टि

काठमाडौं– पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको भारतीय पक्षले पनि पुष्टि