कोरोना संक्रमित ट्रम्पले गरे र्‍यालीलाई सम्बोधन « Khabarhub

कोरोना संक्रमित ट्रम्पले गरे र्‍यालीलाई सम्बोधन


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना संक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक र्‍यालीमा देखिएका छन् ।

कोरोना भाइरसबाट संक्रमित ट्रम्प ह्वाइट हाउसमा उपचारकै क्रममा  रहे पनि उनले एउटा र्‍यालीलाई सम्बोधन गरेका छन् ।

तस्वीर : रोयटर्स

ह्वाइट हाउसमा भएको र्‍यालीलाई ‘शान्तिपूर्ण प्रदर्शन’ भनिए पनि त्यो ट्रम्पको चुनावी र्‍याली जस्तो भएको आलोचकहरूले बताएका छन्।

ट्रम्पले सम्बोधनको क्रममा आफूले कोभिड–१९ विरुद्धका औषधि लिन छोडेको र स्वास्थ्य राम्रो भएको बताए ।

तर ह्वाइट हाउस र उनको उपचारमा संलग्न चिकित्सकहरूले भने बिहीबार यता ट्रम्पको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी दिएको छैन ।

तीन दिनको अस्पताल बसाईपछि उनी ह्वाइट हाउसमै डाक्टरको निगरानीमा रहेका छन् ।

आउँदो नोभेम्बरमा अमेरिकामा राष्ट्रपतीय चुनाव हुँदैछ । उक्त चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट जो बाइडेन ट्रम्पसँग प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ५५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।