पुनः निषेधाज्ञा जारी गर्न भक्तपुर नगरपालिकाको आग्रह « Khabarhub

पुनः निषेधाज्ञा जारी गर्न भक्तपुर नगरपालिकाको आग्रह


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुर नगरपालिकाले दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि पुनः निषेधाज्ञा लगाउन सरकारसमक्ष आग्रह गरेको छ।

नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतवार बसेको नगरस्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइसको रोकथाम तथा नियन्त्रणका लागि पुनः निषेधाज्ञा लगाउन आग्रह गरेको हो ।

बैठकले अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू बन्द गर्नुपर्ने सुझाव समेत दिएको छ ।

दशैँको समयमा भीडभाड बढेर कोभिड–१९ को संक्रमण थप फैलिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले पुनः निषेधाज्ञा लगाउन आग्रह गर्ने निर्णय गरेको नगरप्रमुख प्रजापतिले बताए।

कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि नजिकिँदै गरेको बडा दशैँमा हुने सबै प्रकारका जात्रा र पूजाआजाहरूलाई औपचारिकतामा सीमित गरी भीडभाड हुन नदिन भक्तपुर नगरपालिकाबाट नगरबासीहरूमा आह्वान गर्ने र सोका लागि आवश्यक सुरक्षा व्यवस्था सुरक्षा निकायहरूबाट मिलाउने निर्णय समेत बैठकले निर्णय गरेको उनले जानकारी दिए ।

बैठकमा सहभागी भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा खुकुलो बनाएसँगै उपत्यकामा कोरोनाको जोखिम निकै बढेकोमा चिन्ता व्यक्त गर्दै नजिकिँदै गरेको दशैँमा भीडभाड रोक्न प्रशासनले तदारुकताका साथ काम अगाडि बढिरहेको बताइन।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नेपाली सेना वीरदल गणका प्रमुख शिवप्रसाद पौडेल, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक तारादेवी थापा, सशस्त्र प्रहरी बल स.प्र.नि. मुकुन्द चापागाईं, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका अनुसन्धान अधिकृत पवनराज पाण्डे, भक्तपुर अस्पतालका तर्फबाट राजेन्द्रप्रसाद नेपाल, जनस्वास्थ्य केन्द्रका प्रमुख रत्नसुन्दर लासिवा, भक्तपुर नपाका जनप्रतिनिधि, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष विरेन्द्र जति, भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ०९ बजे

गौरवका आयोजनाको अवस्था, समस्या र समाधानबारे अध्ययन गर्न उपसमिति गठन

काठमाडौं– संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा दुई हजार ७४६  वटा

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन‍– यहाँका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको

बादी समुदायको कथामा बनेको ‘लालीबजार’को प्रदर्शन रोक्न अल्पाकालीन आदेश

काठमाडौं- नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहेको फिल्म ‘लालीबजार’को प्रदर्शन

नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा

जानकी– नेपालगन्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा