प्रधानमन्त्री ओली संखुवासभा जाँदै, विभिन्न आयोजनाको अवलोकन गर्ने « Khabarhub

प्रधानमन्त्री ओली संखुवासभा जाँदै, विभिन्न आयोजनाको अवलोकन गर्ने


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज सङ्खुवासभा जाँदैछन् ।

बिहान साढे ८ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गर्ने ओलीले त्यहाँ सञ्चालित  विभिन्न आयोजनाको अवलोकन गर्नेछन् ।

प्रधानमन्त्री ओली सङ्खुवासभा जाने भएपछि तयारी पनि तीव्र पारिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

ओली सुरूवातमा चीनसँग सीमा जोडिएको उत्तरी नाका किमाथाङ्का पुग्ने कार्यक्रम तय भएको छ ।

यस्तै उनले भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्नेछन् ।

झण्डै एक वर्षअघि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणधीन भवनका साथै भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको पनि अवलोकन गर्ने कार्यक्रम तय भएको प्रजिअ आचार्यको भनाइ छ ।

ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम छ ।

यस्तै बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्ने तय भएको संखुवासभाका सांसद राजेन्द्र गौतमले बताएका छन् । ओली साढे ३ बजेसम्म सङ्खुवासभा बसेर काठमाडौँ फर्कने छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ७ : १५ बजे

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल