प्रेमले पखेटा दिइरहेको हुन्छ, बन्धन होइन : ओशो « Khabarhub

प्रेमले पखेटा दिइरहेको हुन्छ, बन्धन होइन : ओशो


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् १९३१ मा भारतको भोपालमा जन्मिएका चन्द्र मोहन जैन, जसलाई हामी आचार्य रजनिश वा ओशो भनेर चिन्छौँ, उनी प्रेम, अध्यात्म र मानव विकासबारेका आफ्ना दर्शनका कारण चर्चित छन् ।

५८ वर्षको उमेरमा निधन हुनअघि उनले आफ्नो जीवनको अधिकांश समय प्रवचनमै बिताए । भारतबाट अमेरिका गएपछि उनले त्यहाँ रजनिशपुर नामक समुदाय नै गठन गरेका थिए ।

उनको जीवन विवाद र आलोचनाबाट मुक्त छैन । तर, यस अवधिमा उनले आफ्नो चमत्कारिक भाषणकलामार्फत धेरैको जीवन बदले, दशौँ लाख अनुयायी बनाए ।

ओशोलाई बुझ्नेहरु भन्छन्,‘उनी समाजका गहिरा मान्यताहरुसँग लड्ने क्षमता भएका क्रान्तिकारी थिए ।’ हामी यहाँ ओशोका चर्चित अभिव्यक्तिबारे चर्चा गर्दैछौं ।

माया प्रशंशा हो

यदी तपाईं फुल मन पराउनुहुन्छ भने नटिप्नुस् किनकी यसलाई टिप्दा यो मर्छ र तपाईंको माया समाप्त हुन्छ । त्यसैले यदी फुल मन पराउनुहुन्छ भने यसलाई जस्ताको त्यस्तै छाडिदिनुस् । प्रेम आक्रामकता होइन, यो प्रशंशा हो ।

प्रेमले पखेटा दिइरहेको हुन्छ, बन्धन होइन

यदी हामीले हाम्रो प्रिय व्यक्तिलाई सीमित गर्न चाह्यौँ भने वा परिवर्तन हुनका लागि माग गर्‍यौँ भने हामी त्यो व्यक्ति रहँदैनौँ जसले प्रेम गर्छ । त्यसैले अरुलाई सम्मान गर्नु र उनीहरु जस्तो छन्, त्यस्तै रहन दिनु महत्त्वपूर्ण छ ।

पाको हुनुले मौलिकता स्वीकारिरहेको हुन्छ

तपाईं जस्तो व्यक्ति हुनुहुन्छ, त्यही रहनुस् । अर्को बन्ने प्रयास नगर्नुस् र तपाईं पाको बन्नुहुनेछ । पाकोको हुुनुले मौलिक हुने कुरालाई स्वीकारेको हुन्छ, मूल्य जेसुकै होस् ।

सधैँ खुसी रहनुस्

आफैमा मस्त रहनुस् । यदी काममा तपाईं खुसी हुनुुहुन्न भने परिवर्तन गर्नुस् । ढिलाइ नगर्नुस् ।

तपाईं पृथक हुनुहुन्छ

कोही पनि उच्च छैन, कोही पनि निच छैन । तर, कोही समान पनि छैनन् । मानिसहरु सामान्य र पृथक नै छन्, अतुलनीय छन् । तपाईं तपाईं हुनुहुन्छ, म म नै हुँ । मैले मेरो जीवनमा मेरो सम्भावनाको योगदान गर्नुपर्छ, तपाईंले तपाईंको सम्भावनाको योगदान गर्नुपर्छ । मैले आफैलाई खोज्नुपर्छ, तपाईंले तपाईं आफैलाई खोज्नुपर्छ ।

डर बिना बाँच्नुस्

डर सकिएपछि जीवन सुरु हुन्छ । डरले सीमित बनाइदिन्छ, बन्धनमा पार्छ र सानो बनाइदिन्छ । यसले हाम्रो जीवन चोरेर लैजान्छ । हामी जे कुरामा डराएका छौँ, त्यसलाई बहादुर भएर सामना गर्नुपर्छ ।

आफैभित्र रमाउनुस्

यदी तपाईं आफैं आफुसँग रमाउन सक्नुहुन्न भने को तपाईंसँग रमाउन सक्ला ? त्यसैले आफैलाई माया गर्नुस् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ९ : २७ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै