नेपाल–चीन सीमा विवादबारे चिनियाँ मुखपत्रले भन्यो: झूठो खबर फैलाउन नेपाली कांग्रेस र भारतीय मिडिया जिम्मेवार « Khabarhub

नेपाल–चीन सीमा विवादबारे चिनियाँ मुखपत्रले भन्यो: झूठो खबर फैलाउन नेपाली कांग्रेस र भारतीय मिडिया जिम्मेवार


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीन सरकारको पत्रिका ग्लोबल टाइम्सले चीनले नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलिएको दाबी गर्दै यस्तो समाचार फैलिनुमा नेपाली कांग्रेस, भारतीय र पश्चिमा मिडियाको हात रहेको आरोप लगाएको छ ।

पत्रिकाले लामो रिपोर्ट प्रकाशित गर्दै चीनले सीमा मिचेको झूठो खबर फैलिनुमा नेपाली कांग्रेसको मुख्य हात रहेको दाबी गरेको छ । उक्त पत्रिकाले केही नेपाली विज्ञहरूलाई पनि उल्लेख गरेको छ । साथै, नेपाली कांग्रेसलाई प्रो–इन्डियन पार्टीको संज्ञा दिएको छ ।

चीनको मुखपत्र भनेर चिनिने ग्लोबल टाइम्सले रिपोर्टमा कांग्रेस नेता एवम् कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलाई मुख्य आरोप लगाएको छ । शाहीले चीन विरोधी भूमिका खेल्न पहल गरेको पत्रिकाले दाबी गरेको छ ।

यसअघि शाही नेतृत्वको टोलीले हुम्लामा चीनले सीमा मिचेको भन्ने स्थानको भ्रमण गरेर चीनले सीमा मिचेको प्रतिवेदन पार्टी कार्यालयमा बुझाएको थियो ।

शाहीको उक्त भ्रमणपछि भारतीय र पश्चिमा मिडियाहरुले बेनामे स्रोतको हवाला दिँदै चीनले नेपालको सीमा मिचेको सम्बन्धमा समाचार प्रकाशित गरेको पत्रिकाले दाबी गरेको छ ।

ग्लोबल टाइम्सले नेपालीमा अदृश्य वैदेशिक लगानी रहेको र भारतीय र पश्चिमाहरु आफ्नो प्रभाव जमाउन कोशिश गरेको समेत दाबी गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  २ : ४१ बजे

फिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

काठमाडौं – फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’

सब इन्जिनियर हत्या घटना : सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

मलङ्गवा– सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब

२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव

काठमाडौं– बलिउडका हास्य कलाकार  राजपाल यादवलाई ठूलो कानुनी राहत मिलेको

इरान-अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु

जेनेभा– इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष

ओलीको क्षेत्रबाट फर्किएपछि रामकुमारी, ‘मतदाता चलायमान नभएको भए गुण्डुमै सुतेर जित्नुहुन्थ्यो’

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न उपाय अपनाएर