नेपाल–चीन सीमा विवादबारे चिनियाँ मुखपत्रले भन्यो: झूठो खबर फैलाउन नेपाली कांग्रेस र भारतीय मिडिया जिम्मेवार « Khabarhub

नेपाल–चीन सीमा विवादबारे चिनियाँ मुखपत्रले भन्यो: झूठो खबर फैलाउन नेपाली कांग्रेस र भारतीय मिडिया जिम्मेवार


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीन सरकारको पत्रिका ग्लोबल टाइम्सले चीनले नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलिएको दाबी गर्दै यस्तो समाचार फैलिनुमा नेपाली कांग्रेस, भारतीय र पश्चिमा मिडियाको हात रहेको आरोप लगाएको छ ।

पत्रिकाले लामो रिपोर्ट प्रकाशित गर्दै चीनले सीमा मिचेको झूठो खबर फैलिनुमा नेपाली कांग्रेसको मुख्य हात रहेको दाबी गरेको छ । उक्त पत्रिकाले केही नेपाली विज्ञहरूलाई पनि उल्लेख गरेको छ । साथै, नेपाली कांग्रेसलाई प्रो–इन्डियन पार्टीको संज्ञा दिएको छ ।

चीनको मुखपत्र भनेर चिनिने ग्लोबल टाइम्सले रिपोर्टमा कांग्रेस नेता एवम् कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलाई मुख्य आरोप लगाएको छ । शाहीले चीन विरोधी भूमिका खेल्न पहल गरेको पत्रिकाले दाबी गरेको छ ।

यसअघि शाही नेतृत्वको टोलीले हुम्लामा चीनले सीमा मिचेको भन्ने स्थानको भ्रमण गरेर चीनले सीमा मिचेको प्रतिवेदन पार्टी कार्यालयमा बुझाएको थियो ।

शाहीको उक्त भ्रमणपछि भारतीय र पश्चिमा मिडियाहरुले बेनामे स्रोतको हवाला दिँदै चीनले नेपालको सीमा मिचेको सम्बन्धमा समाचार प्रकाशित गरेको पत्रिकाले दाबी गरेको छ ।

ग्लोबल टाइम्सले नेपालीमा अदृश्य वैदेशिक लगानी रहेको र भारतीय र पश्चिमाहरु आफ्नो प्रभाव जमाउन कोशिश गरेको समेत दाबी गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  २ : ४१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब