प्यालेस्टिनी नेता इरेकातको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि « Khabarhub

प्यालेस्टिनी नेता इरेकातको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रमाल्लाह – कोरोनाभाइरस संक्रमणबाट मंगलबार निधन भएका प्यालेस्टाइनका वरिष्ट शान्ति मध्यस्थकर्ता साएब इरेकातलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

इरेकातका नजिकका व्यक्तिहरुका अनुसार कोरोनाभाइरस संक्रमणबाट इरेकातको स्वास्थ्य स्थिति निकै जटिल र नाजूक बनेको थियो ।

फताह आन्दोलनले पनि इरेकातको निधन भएको पुष्टि गरेको छ । इरेकातलाई अक्टोबरको मध्यतिर संक्रमण भएको थियो ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (आइएलओ) को कार्यकारी समितिका महासचिव समेत रहेका इरेकातको कोरोना संक्रमणपछि स्वास्थ्य निरन्तर खस्केको थियो ।

उनलाई उपचारका लागि जेरुसेलमस्थित हदस्साह मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । इरेकातको तीन वर्षअघि फोक्सोको प्रत्यारोपण गरिएको थियो ।

इरेकातले प्यालेस्टिनी नेता स्वर्गीय यासेर अराफात र राष्ट्रपति मोहमुद अब्बासका लागि मुख्य मध्यस्थकर्ताका रुपमा कार्य गरेका थिए । इजरायलबाट प्यालेस्टाइनलाई अलग बनाउने सन्दर्भमा भएका आन्दोलन र शान्ति वार्तामा इरेकातले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

इरेकातको सम्झनामा अब्बासले तीन दिने राष्ट्रिय शोकको घोषणा पनि गरेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ३ : ०९ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले