काठमाडौं उपत्यकामा थपिए १२६१ कोरोना संक्रमित | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए १२६१ कोरोना संक्रमित


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२६१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ गरी जम्मा १२६१  जना संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १६६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६२ हजार २४३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११७४ पुगेको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : २५ बजे

माडर भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिरहा–  जिल्लाको प्रमुख भन्सार कार्यालय माडरले आर्थिक वर्ष २०८१/८२ मा राजस्व

एमालेमा स्वाभिमान र स्वतन्त्रताको लडाइँ आवश्यक : कर्ण थापा

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा रोक लगाउने एमाले

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।  दोलखाबाट

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ ।

ठगी प्रकरणमा परेका भारतीय अभिनेता तलपडेलाई सुप्रीम कोर्टबाट राहत

काठमाडौं– भारतीय अभिनेता श्रेयस तलपडेलाई सर्वोच्च अदालतले एक ठगी आरोपमा अस्थायी