आज २०७७ मंसिर २६ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७७ मंसिर २६ गते शुक्रबारको राशिफल


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ मंसिर २६ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा सुधार आउनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार,व्यवसायमा लाभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
समाज सेवा गरे लोकमा प्रसिद्ध भईनेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त संगको सम्बन्धपनि गाढा र सुमधुर रहनेछ । तिर्थाटनको योग पनि छ ।मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज सोचेको आटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न पनि सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । एक अर्कासंग केहि न केहि आशा गरिरहनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आँटेको र ताकेको कार्य पुरा होला । वैदेशिक यात्राको योग छ । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बाहन सुख पनि मिल्नेछ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ५ : ३१ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर