जापानमा तेस्रो लहरको संक्रमण, एकैदिन २ हजार ७३३ जना संक्रमित « Khabarhub

जापानमा तेस्रो लहरको संक्रमण, एकैदिन २ हजार ७३३ जना संक्रमित


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानमा कोरोनाभाइरस संक्रमणको तेस्रो लहर शुरू भएको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७३३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो संक्रमणमा  ५५५ जनामा गम्भीर लक्षण देखिएको छ ।

डिसेम्बर ९ अर्थात् गत बुधबार पनि त्यहाँ २ हजार ८३७ जना संक्रमित थपिएका थिए । त्यहाँ नोभेम्बरयता संक्रमण बढ्न थालेको छ।

जापानका ६ वटा राज्यमा फेरि संक्रमण फैलिएको क्योडो न्यूज एजेन्सीले जनाएको छ ।

संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि त्यहाँ तेस्रो लहरको संक्रमण सुरू भएको विज्ञहरूलाई उद्धृत गर्दै जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

पछिल्लो वृद्धिसँगै जापानमा संक्रमितको संख्या एक लाख ६८ हजार ५७३ पुगेको छ । तीमध्ये एक लाख ४३ हजार ६ जना संक्रमणमुक्त भएका छन् ।

२ हजार ४६५ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ४५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : १७ बजे

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी

काठमाडौं- कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा

स्याङ्जाको चुनावी प्रतिस्पर्धामा को अगाडि ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन लक्षित प्रचार–प्रसार

एमालेमा फर्किएको अढाई महिनामै राष्ट्रिय सभामा पुगिन् रामकुमारी

काठमाडौं- करिब चार वर्ष नेकपा एकीकृत समाजवादीमा रहेर गत कात्तिक

टिचिङमा स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्ने विषयमा सरोकारवालाबीच छलफल 

काठमाडौं– स्वास्थ्य बीमा सेवा बन्द गरेका अस्पतालहरूमा पुनः सुचारु गर्ने

राष्ट्रियसभा सदस्य निर्वाचन : ९५ प्रतिशतभन्दा बढी मतदान

काठमाडौं– राष्ट्रियसभा सदस्यका लागि आज भएको मतदान उत्साहजनक एवं शान्तिपूर्ण