कोरोना कहरकाबीच जुर्मुराउँदै पर्यटन (फोटो फिचर) « Khabarhub

कोरोना कहरकाबीच जुर्मुराउँदै पर्यटन (फोटो फिचर)


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अस्तव्यवस्त भएको पर्यटन क्षेत्र विस्तारै जुर्मुराउन थालेको छ ।

पर्यटन व्यवसायी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गृहकार्यमा जुटेका छन् । कोरोनाको कहरसँग जुद्धै पर्यटन व्यवसायीले उच्च स्वास्थ्य सुरक्षाका साथ व्यवसाय सञ्चालन पनि गर्न थालेका छन् ।

यहाँ हामीले केही पर्यटकीय गतिविधि झल्कने तस्वीर प्रस्तुत गरेका छौँ

बागलुङ नगरपालिका–८ सिगानास्थित रानीभूमे सामुदायिक घरवाससँगै देखिएको हिमालको दृश्य ।
तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोटमा सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि बास बस्न पर्यटकले बनाएको टेन्ट ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीबाट देखिएको कुहिरो र हिमाल । छिम्केश्वरी जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीबाट देखिएको कुहिरो र हिमाल ।
पाँचथरको फालेलुङ गाउँपालिका– ५ र ६ को सीमामा रहेको मुवा झरनामा रमाउँदै आन्तरिक पर्यटक । पछिल्लो समय चर्चामा आएको यस झरनामा आन्तरिक पर्यटकको चाप बढदै गएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको नारच्याङ पञ्चकुण्ड तालको बरफ जमेको पानीमाथि बसेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । उनीहरुले तस्बिर मनोरञ्जनका लागि खिचाएका हुन ।

तस्वीर : रासस

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १२ : ०१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र