खोटाङमा १ सय ३२ फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

खोटाङमा १ सय ३२ फरार प्रतिवादी पक्राउ


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- जिल्ला प्रहरी कार्यालय खोटाङले चालू आर्थिक वर्षको छ महिनामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १ सय ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

गत साउन १ गतेदेखि हालसम्म विभिन्न प्रकृतिका घटनामा संलग्न १२ जना प्रतिवादी फरार रहेको, एक जनालाई बाल सुधारगृहमा पठाइएको, ३९ जनालाई कारागार चलान गरिएको, ७८ जना धरौटीमा छाडेको र १४ जनाविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयले चालू आर्थिक वर्षभित्र १३० वटा मुद्दा दर्ता भएकामा ७५ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ । कार्यालयमा दर्ता भएकामध्ये ५० वटा मुद्दा फछ्र्याैट गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

चालू अवस्थामा पाँच वटा मुद्दामा अनुसन्धान भइरहेको, प्रतिवादी नभएको काम बाँकी मुद्दा ४४ वटा र प्रतिवादी फरार भएका मुद्दा चार वटा रहेको जानकारी दिइएको छ । चालू आव अदालतबाट फैसला भइसकेका तर फरार रहेका तीन अभियुक्त पक्राउ पर्दा १०० जरिवाना र २० वर्ष चार महिना कैद भुक्तान भएको जनाइएको छ ।

यस अवधिमा १८६ वटा ठाडो निवेदन परेकामा १६४ निवेदनको काम सम्पन्न गरिएको र २२ वटा मुद्दाको काम बाँकी रहेको जानकारी दिइएको छ । प्रहरीका अनुसार यस अवधिमा खोटाङमा हराएका ३१ जना अझै फेला परेका छैनन् । ४२ महिला, ८ पुरुष, १२ बालिका र तीन बालक गरी ६५ जना हराएकामा ३४ जना मात्र फेला परेको प्रहरीले जनाएको छ ।

हराएकामध्ये २१ महिला, तीन पुरुष, आठ बालिका र दुई बालक फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता भएका भनिएकामध्ये अधिकांश दोस्रो विवाह गरेर जाने महिला रहेको जनाइएको छ ।

दोस्रो विवाह गरेर गएको थाहा पाएपछि आफन्तले फेला परेको जानकारी नदिँदा जिल्लामा बेपत्ताको सूची बढी देखिएको प्रहरीले जनाएको छ । चालू आवभित्रै खोटाङमा एक ट्राफिक प्रहरी कार्यालय, चार प्रहरी चौकी र एक विमान सुरक्षागार्ड स्थापना, स्तरवृद्धि एवं स्थानान्तरण गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी खार्पा, प्रहरी चौकी हरमटार, प्रहरी चौकी दुर्छिम, प्रहरीचौकी यासोलाटार र विमान सुरक्षागार्ड थामखर्कको स्थापना गरिएको हो ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ६ : ०० बजे

सिङ्गापुरको मुद्रास्फीति घट्दै, पहिलो छ महिनामा ०.९ प्रतिशतमा सीमित

सिंगापुर – सिंगापुरको तथ्यांक विभागका अनुसार, सिङ्गापुरको उपभोक्ता मूल्य सूचकांक

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

बेलायत – अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस

पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले)का स्थायी कमिटी सदस्य

आजका समाचार : एमालेले रोक्दैमा विद्या भण्डारी नरोकिने, जनार्दनले सिँगौरी खेलेको प्रचण्डको आरोप र जापान-अमेरिका व्यापारिक सम्झौता

ओलीलाई च्यासलमा स्टालिनसँग तुलना !नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालु आर्थिक वर्ष