खोटाङमा १ सय ३२ फरार प्रतिवादी पक्राउ « Khabarhub

खोटाङमा १ सय ३२ फरार प्रतिवादी पक्राउ


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- जिल्ला प्रहरी कार्यालय खोटाङले चालू आर्थिक वर्षको छ महिनामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १ सय ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

गत साउन १ गतेदेखि हालसम्म विभिन्न प्रकृतिका घटनामा संलग्न १२ जना प्रतिवादी फरार रहेको, एक जनालाई बाल सुधारगृहमा पठाइएको, ३९ जनालाई कारागार चलान गरिएको, ७८ जना धरौटीमा छाडेको र १४ जनाविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयले चालू आर्थिक वर्षभित्र १३० वटा मुद्दा दर्ता भएकामा ७५ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ । कार्यालयमा दर्ता भएकामध्ये ५० वटा मुद्दा फछ्र्याैट गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

चालू अवस्थामा पाँच वटा मुद्दामा अनुसन्धान भइरहेको, प्रतिवादी नभएको काम बाँकी मुद्दा ४४ वटा र प्रतिवादी फरार भएका मुद्दा चार वटा रहेको जानकारी दिइएको छ । चालू आव अदालतबाट फैसला भइसकेका तर फरार रहेका तीन अभियुक्त पक्राउ पर्दा १०० जरिवाना र २० वर्ष चार महिना कैद भुक्तान भएको जनाइएको छ ।

यस अवधिमा १८६ वटा ठाडो निवेदन परेकामा १६४ निवेदनको काम सम्पन्न गरिएको र २२ वटा मुद्दाको काम बाँकी रहेको जानकारी दिइएको छ । प्रहरीका अनुसार यस अवधिमा खोटाङमा हराएका ३१ जना अझै फेला परेका छैनन् । ४२ महिला, ८ पुरुष, १२ बालिका र तीन बालक गरी ६५ जना हराएकामा ३४ जना मात्र फेला परेको प्रहरीले जनाएको छ ।

हराएकामध्ये २१ महिला, तीन पुरुष, आठ बालिका र दुई बालक फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता भएका भनिएकामध्ये अधिकांश दोस्रो विवाह गरेर जाने महिला रहेको जनाइएको छ ।

दोस्रो विवाह गरेर गएको थाहा पाएपछि आफन्तले फेला परेको जानकारी नदिँदा जिल्लामा बेपत्ताको सूची बढी देखिएको प्रहरीले जनाएको छ । चालू आवभित्रै खोटाङमा एक ट्राफिक प्रहरी कार्यालय, चार प्रहरी चौकी र एक विमान सुरक्षागार्ड स्थापना, स्तरवृद्धि एवं स्थानान्तरण गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी खार्पा, प्रहरी चौकी हरमटार, प्रहरी चौकी दुर्छिम, प्रहरीचौकी यासोलाटार र विमान सुरक्षागार्ड थामखर्कको स्थापना गरिएको हो ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ६ : ०० बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी