इंग्लिस प्रिमियर लिगमा चेल्सीको सहज जित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिगमा चेल्सीको सहज जित


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको २७ औं मिनेटमा जोर्गीन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३८ औं मिनेटमा टामी अब्राहमले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ४९ औं मिनेटमा कलुम हड्सन ओडीले गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै चेल्सीले २२ खेलमा ३९ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा यथावत रहेको छ ।

बर्नली २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत दोस्रो स्थानको लेष्टर सिटी भने साउथह्याम्पटनसँग २-१ गोल अन्तरले पराजित भएको छ ।

यस्तै एभर्टनले ब्राइटनलाई १-० ले हराएको छ । वुल्भ्स र न्युकासलले भने १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ७ : ४५ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी