प्रिमियर लिग फुटबल : लिभरपुलले टोटेनहमलाई हरायो « Khabarhub

प्रिमियर लिग फुटबल : लिभरपुलले टोटेनहमलाई हरायो


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रिमियर लिग फुटबलमा लिभरपुलले अग्रता लिएको छ । गएरातिको खेलमा टोटेनहम हट्सपरलाई पराजित गर्दै लिभरपुलले १६ अंकको अग्रता कायम गरेको हो ।

लिभरपुलले टोटेनहम हट्सपरलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानको लेस्टर सिटीसंग १६ अंकको अग्रता लिएको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई महत्वपुर्ण ३ अंक दिलाए ।

लिभरपुलले युरोपका शीर्ष पाँच लिग मध्य सबै भन्दा उत्कृष्ट सिजनको सुरुवात गर्ने कीर्तिमान कायम गर्यो । उसले लिगका सुरुवाती २१ खेलमध्य २० खेलमा जित हासिल गर्यो ।

जितसंगै लिभरपुल पछिल्लो ३० बर्षमा पहिलो पटक उपाधि होडमा निकै सहज अवस्थामा आईपुगेको छ ।

घरेलु टोली टोटेनहम मुख्य फरवार्ड ह्यारी केन बिना मैदान उत्रिएको थियो । सल्यक्रियाका कारण उनी लामो समय मैदान बाहिर रहनेछन् ।

सन ह्युङ मिनको स्थानमा आएका जियोवानी लो सेल्सोले दोस्रो हाफका गोलको सुन्दर अवसर गुमाएका थिए । टोटेनहमले सुधारिएको प्रर्दशन गरेपनि शीर्ष स्थानको लिभरपुललाई रोक्न सकेन ।

दोस्रो स्थानको लेस्टर सिटी घरेलु मैदानमा साउथह्याम्टनसंग पराजित भएपछि लिभरपुलले तालिकामा ठुलो अग्रता प्राप्त गरेको हो ।

शीर्ष स्थानको लिभरपुलको २१ खेलबाट ६१ अंक छ । टोटेनहम ३० अंक सहित आठौं स्थानमा छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ७ : ५० बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक