भारी वर्षापछिको आँधीबेहरीले अमेरिकामा ८ को मृत्यु लाखौं प्रभावित « Khabarhub

भारी वर्षापछिको आँधीबेहरीले अमेरिकामा ८ को मृत्यु लाखौं प्रभावित


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा आएको आँधीबेहरीले लाखौं मानिस प्रभावित भएका छन् । भारी वर्षापछि आएको आँधीबेहरीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

आँधीबेहरीले दक्षिणी अमेरिकालाई निकै असर पुर्याएको छ । टेक्सास, अलाबामा र लुधियाना राज्यका लाखौं जनता बढी प्रभावित भएका छन् ।

यी तीन राज्यमध्ये अलाबामा सबैभन्दा खतराको स्थितिमा रहेको मौसमविद्हरुले बताएका छन् । हजारौंलाई सुरक्षित स्थलमा सारिएको छ ।

हजारौं घरमा क्षति पुगेको छ भने बाढीका कारण यातायात सेवा ठप्प भएको छ । तीव्र गतिको हावाका कारणले गर्दा सयौं हवाइ उडान रद्द भएका छन् ।

सिकागागोका दुईवटा विमानस्थलबाट कुनै पनि उडानहरु भएका छैनन् । यता मध्यपश्चिमी अमेरिकामा पनि असर पर्ने चेतावनी मौसमविदहरुले दिएका छन् ।

भारी वर्षा र आँधीबेहरी अझ केही दिन रहने बताइएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १० : ०३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल