पृथ्वीनारायण शाहलाई धेरै धूपबत्ति गरिरहनुपर्दैन– डा. भट्टराई « Khabarhub

पृथ्वीनारायण शाहलाई धेरै धूपबत्ति गरिरहनुपर्दैन– डा. भट्टराई


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहलाई धेरै ‘धूपबत्ति’ गरिरहनुनपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा सन्देश लेख्दै डा. भट्टराईले पुस २७ आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्नु पनि शोभनीय नभएको बताएका छन् ।

‘१८ औं शताब्दीको चेतनामा उनले गरिब राज्य गोरखा राज्यविस्तार गरेका हुन्, जुन प्रकारान्तरले वर्तमान नेपाल राज्य बन्न पुग्यो,’ डा. भट्टराईले माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखेका छन्, ‘राम्रै भयो ! त्यहि रुपमा उनलाई सम्झे पुग्छ । धेरै धूपबत्ति गरिरहनुपर्दैन !’

पृथ्वीनारायण शाहले एक जना किशानको उखु चोरेर खाएको प्रसंग पनि भट्टराईले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् । ‘दरौंदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्न बाध्य पृनाको आत्मालाई खुसी पार्ने हो भने उनको जन्मदिनमा छुट्टी हैन, १२ घण्टा काम गरेर देशलाई धनी बनाऊँ, अर्कोतिर त्यसबेलाको चेतनामा संघीय राज्य सम्भव थिएन । गाली पनि नगरौं ।’

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ११ : २३ बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र