पृथ्वीनारायण शाहलाई धेरै धूपबत्ति गरिरहनुपर्दैन– डा. भट्टराई « Khabarhub

पृथ्वीनारायण शाहलाई धेरै धूपबत्ति गरिरहनुपर्दैन– डा. भट्टराई


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहलाई धेरै ‘धूपबत्ति’ गरिरहनुनपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा सन्देश लेख्दै डा. भट्टराईले पुस २७ आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्नु पनि शोभनीय नभएको बताएका छन् ।

‘१८ औं शताब्दीको चेतनामा उनले गरिब राज्य गोरखा राज्यविस्तार गरेका हुन्, जुन प्रकारान्तरले वर्तमान नेपाल राज्य बन्न पुग्यो,’ डा. भट्टराईले माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखेका छन्, ‘राम्रै भयो ! त्यहि रुपमा उनलाई सम्झे पुग्छ । धेरै धूपबत्ति गरिरहनुपर्दैन !’

पृथ्वीनारायण शाहले एक जना किशानको उखु चोरेर खाएको प्रसंग पनि भट्टराईले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् । ‘दरौंदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्न बाध्य पृनाको आत्मालाई खुसी पार्ने हो भने उनको जन्मदिनमा छुट्टी हैन, १२ घण्टा काम गरेर देशलाई धनी बनाऊँ, अर्कोतिर त्यसबेलाको चेतनामा संघीय राज्य सम्भव थिएन । गाली पनि नगरौं ।’

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ११ : २३ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया