तीन वर्षमा दुई पिल्लर– कहिले बन्ला खै बुढीगङ्गा नदीमा पुल ? « Khabarhub

तीन वर्षमा दुई पिल्लर– कहिले बन्ला खै बुढीगङ्गा नदीमा पुल ?


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी– बाजुराको बूढीगङ्गा नदीमा निर्माण हुन लागेको ५० मिटर लामो पक्की पुल निर्माणमा ढिलाइ भएको छ । साँफे मार्तडी सडकखण्डअन्तर्गत जिल्लाको बडिमालिका नगरपालिकाको ४ र ६ को बीच जडागङ्गामा पुल निर्माणाधीन छ ।

विसं २०७५ असार ३० गतेसम्म निर्माणकार्य सम्पन्न भैसक्नुपर्ने सम्झौता विसं २०७३ असार ३० भएको थियो । ९ करोड ८३ लाख ८२ हजार ५७९ रुपैयाँ लागतमा सम्झौता भएको थियो । काष्ठमाडौं मसिना जेभीले निर्माणको जिम्मा पाएको थियो । सडक डिभिजन कार्यालय साँफे बगर अछामका प्रमुख राजेश दासले छिटो निर्माण सम्पन्न गर्न कम्पनीलाई पत्राचार गरिएको जानकारी दिए ।

कम्पनीका प्रमुख जयदेव पन्तले नदीमा पानीको बहाव बढ्न गई पुल निर्माणकार्य गर्न समस्या भएको सुनाए । उनले विसं २०७७ असारमा पुल निर्माणको काम सम्पन्न गर्ने बताए ।

कामदारले काम गरेवापतको रकमसमेत नपाएको गुनासो गर्दै आएका छन् । बडिमालिका नगरपालिका–६ कोर्ध र जडागङ्गाका स्थानीयवासीले पुलमा काम गरेवापतको रु ४१ लाख नपाएको बूढीगङ्गा–६ का स्थानीयवासी पदम बडुवालले बताए ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १२ : १४ बजे

अमेरिकासँग १० अर्ब डलरको आर्थिक सहयोग माग्दै पाकिस्तान

वासिङ्टन- विदेशी मुद्रा सञ्चिति सुदृढ गर्ने र अर्थतन्त्रमाथिको दबाब कम गर्ने

अस्पतालको बेडबाट गायिकाको याचना : उपचारका लागि पैसा छैन, ऋण फिर्ता दिनुहोस्

काठमाडौं- लोक गायिका कोपिला गौतमले मंगलबार एक तस्बिर सेयर गरिन्,

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु, २४ घाइते

एजेन्सी– युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेनको सैन्य नेतृत्वमा व्यापक फेरबदल, युद्ध रणनीतिमा सुधारको संकेत

एजेन्सी– रुसविरुद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित युक्रेनले आफ्नो सैन्य

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं– सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा