नेकपाभित्रको ‘असहमति’ले प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित « Khabarhub

नेकपाभित्रको ‘असहमति’ले प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज (आइतबार) दिउँसो १ बजे बस्ने भनेर तोकिएको प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ ।

यसअघि ११ दिन सारेर आइतबार बस्ने गरी तय भएको प्रतिनिधिसभा बैठक अब माघ ६ गते दिनको १ बजे बस्ने गरी स्थगित भएको हो ।

संघीय संसद सचिवालयले सूचना टाँस गरी प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते बस्ने गरी आइतबार तय भएको बैठक स्थगित भएको जानकारी दिएको छ ।

सभामुख चयनको विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै सहमति जुट्न नसक्दा संघीय संसदको हिउँदे अधिवेशन शुरु भएयता प्रतिनिधिसभाको एउटा बाहेक सबै बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन् ।

यसअघि पुस १६ गते बस्ने भनिएको बैठक अघिल्लो दिन (पुस १५ गते) नै सूचना टाँस गरी पुस २७ गते बस्ने गरी स्थगित भएको थियो ।

कृष्णबहादुर महरा जबरजस्ती करणी उद्योग ९बलात्कार० प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल चलाउन भएपछि सभामुख पद खाली भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेदेखि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।

प्रतिनिधिसभा बैठक पुस ४ गते बसेपनि त्यसपछि निर्धारण गरिएको बैठक सूचना टाँस गरी स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १२ : २० बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए