१६ दिनदेखि बेपत्ता पुरुषको शव फेला « Khabarhub

१६ दिनदेखि बेपत्ता पुरुषको शव फेला


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पूर्वटोलस्थित सार्वजनिक पोखरीमा ४५ वर्षीय सुर्यनारायण मण्डलको शव फेला परेको छ ।

घरबाट १६ दिनअघि उधारो दिएको रकम उठाउन जान्छु भनी हिँडेका मण्डलको शव आफ्नै कुखुरा फार्म नजिकको पोखरीमा फेला परेको उनका भाइ ३५ वर्षीय शिवनारायण मण्डलले जानकारी दिए ।

मण्डल घरदेखि साढे एक किलोमिटरको दूरीमा रहेको रत्नसागर पोखरीको डिलमा सञ्चालन गरेको कुखुरा फार्मको रेखदेख गर्दै बस्ने गरेका थिए ।

मृतक मण्डलका श्रीमती एक छोरा र एक छोरीका साथ १५ वर्षदेखि माइत बस्दै आएकी छिन् । को–कसले मारेको हो वा भवितव्य मृत्यु भएको हो अनुसन्धान हुनुपर्ने भाइ शिवनारायणले बताए ।

शवको परीक्षण राजविराजमा नगरी धरान पठाइएको र आज परीक्षण हुने प्रहरीले जनाएको छ । मृत्यु भएको मिति तथा डुबेर वा अन्य कारणले मृत्यु भएको यकिन गर्न नसकिएकाले अपराधमा प्रमाण लाग्न सक्ने कुनै कुरा खुल्न सक्छ कि भनेर परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बन्जाडेले बताए ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १२ : ४८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका