मदिरा सेवन गरेर टिप्पर चलाउने चालकले प्रहरीलाई १ हजार घुस दिन खोज्दा… « Khabarhub

मदिरा सेवन गरेर टिप्पर चलाउने चालकले प्रहरीलाई १ हजार घुस दिन खोज्दा…


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मादक पदार्थ सेवन (मापसे) गरी टिप्पर चलाउने एकजना चालक पक्राउ परेका छन् ।

मापसे गरी टिप्पर चलाएको देखिएपछि कारबाही गर्ने क्रममा प्रहरीलाई १ हजार रुपैयाँ घुस दिन खोज्ने टिप्पर चालक प्रेमबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घर्तीले शनिबार साँझ मदिरा सेवन गरी ना ८ ख ४३३७ नम्बरको टिप्पर चलाएका थिए ।

भक्तपुरको सूर्यविनायक–९ नलिनचोकमा ड्युटीमा खटिएको प्रहरी टोलीले चेकजाँच पछि कारबाही गर्न खोज्दा उनले १ हजार रुपैयाँ घुस दिन खोजेका थिए ।

प्रहरीले टिप्पर चालक घर्तीले घुस दिन खोजेको १ हजार रुपैयाँसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुरमै मदिरा सेवन गरी मोटरसाइकल चलाउने अर्का चालक पनि पक्राउ परेका छन् ।

मदिरा सेवन गरी बा ३७ प १२०६ नम्बरको मोटरसाइकल चलाइरहेका भारत घर भइ भक्तपुरको बोडे बस्ने २६ वर्षीय मोहम्मद दिल्दारमियालाई प्रहरीले पक्राउ गरेको हो ।

सवारी चेकिङका क्रममा प्रहरीले कारबाही गर्न खोजेपछि हिल्दारमियाले १ हजार रुपैयाँ घुस दिन खोजेका थिए ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै