नियमित योग गर्दा शारीरिक र मानिसक फाइदा « Khabarhub

नियमित योग गर्दा शारीरिक र मानिसक फाइदा


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

स्वास्थ्य निरोगी, दीर्घजीवि हुन नियमित रुपमा योग अभ्यास गर्नु उपयुक्त हुन्छ । मानिसको अहिलेको जीवनशैलीका कारण धेरैमा शारीरिक तथा मानशिक समस्याहरु बढ्दै गएको छ । यतिमात्र होइन मानिसमा नसर्ने रोगको जोखिम पनि बढेको छ ।

त्यसैले हरेक मानिसलाई योगअभ्यास गर्नु अति आवश्यक छ । नियमित योगा गर्ने मानिसहरु खुसी र आन्नदित रहन्छन् । जसले गर्दा उनीहरुको जीवन साधारण र सुखमय हुन्छ ।

शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ रहनका लागि योग गर्नुपर्छ । योगको माध्यमबाट मानिस निरोगी र स्वस्थ भएर बाँच्न सकिन्छ । आज हामी तपाईलाई नियमित योग गर्दा हुने केही फाइदाबारे तपाईलाई जानकारी दिदै छौं ।

नियमित योगका फाइदा

योगले शरीरमा रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढाउँछ भने रोग प्रीतरोधात्मक क्षमता बढाउँछ,

– नियमित योग गर्न सकेमा योगका आसन र ध्यानले जोर्नीको समस्या कम गर्छ,

– योगले तनावलाई घटाउछ,

–नियमित योग गर्ने व्यक्तिलाई निद्राको समस्या हुँदैन,

– योग अभ्यासले पाचन प्रक्रियालाई सही किसिमले सुचारु गर्न सहयोग पु¥याउँछ,

– बालबालिकालाई योगअभ्यास गराउँदा उनीहरुको दिमाग तीक्ष्ण हुन्छ,

–योग अभ्यासले बालबालिका शारीरिक रुपमा पनि स्वास्थ्य रहन सक्छन्,

– योगको नियमित अभ्यासबाट कार्यक्षमतामा वृद्धि हुन्छ,

–योगले मानसिक शान्ति प्राप्त हुन्छ,

–प्राणायाम गर्दा श्वासप्रश्वासको गति नियन्त्रण गर्छ,

–ध्यानले एकाग्रता बढाउँछ,

–योग गर्ने मानिसमा सकारात्मक सोचको विकास हुन्छ,,

– शरीर, मन र आत्माबीचको समन्वय हुने हुँदा नियमित योग गर्ने व्यक्तिमा ऊर्जा बढि हुने भएकाले सकारात्मक गुणको विकास हुन्छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ४ : ५७ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४