वन कार्यालयका कर्मचारीसहित १३ जनाविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा « Khabarhub

वन कार्यालयका कर्मचारीसहित १३ जनाविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला वन कार्यालय मकवानपुर (हेडौडा)का तत्कालीन जिल्ला वन अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सेतीदेवी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसँग मिलेमतोमा साल तथा अस्ना जातका रुखहरुको कटानी गरी गैरकानूनी रुपमा बिक्री गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, इलाका वन कार्यालय गढी मकवानपुरका तत्कालीन सहायक वन अधिकृत रामवावु यादव, सेक्टर वान कार्यालय फापरवारी मकवानपुरका तत्कालीन सहायक वन अधिकृत (हाल अवकाशप्राप्त) राजेन्द्रमान भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस्तै, जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन सहायक वन अधिकृत विशाल भट्टराई, सोनालालप्रसाद जयसवाल, क्षेत्रीय वन निर्देशनालय हेटौंडाका सहायक वन अधिकृत नारायण बहादुर कार्की, तत्कालीन रेञ्जर राजु लामा, इलाका वन कार्यालय गढी मकवानपुरका तत्कालीन फरेस्टर मोहनराज घिमिरे, तत्कालीन वन रक्षक किरणकुमार क्षेत्री, तत्कालीन वन रक्षक धनलाल यादवविरुघ पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरुविरुद्ध जनही १ करोड ५२ लाख १९ हजार २ सय २६ रुपैयाँ बिगो दावी गर्दै बिगोअनुसार जरिवाना र अधिकत्तम ११ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

अख्तियारले सेतीदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कमानसिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोलेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध जनही जनही १ करोड ५२ लाख १९ हजार २ सय २६ रुपैयाँ बिगो दावी गर्दै बिगोअनुसार जरिवाना मागदाबी गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ५ : २२ बजे

बाजुरा पहिरो अपडेट : बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र

धरान उपमहानगरको बजेट दुई अर्ब ७६ करोड

सुनसरी– धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७६

खनिज क्षेत्रको राजस्व संकलन खस्कियो

काठमाडौं– खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज