वन कार्यालयका कर्मचारीसहित १३ जनाविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा « Khabarhub

वन कार्यालयका कर्मचारीसहित १३ जनाविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला वन कार्यालय मकवानपुर (हेडौडा)का तत्कालीन जिल्ला वन अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सेतीदेवी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसँग मिलेमतोमा साल तथा अस्ना जातका रुखहरुको कटानी गरी गैरकानूनी रुपमा बिक्री गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, इलाका वन कार्यालय गढी मकवानपुरका तत्कालीन सहायक वन अधिकृत रामवावु यादव, सेक्टर वान कार्यालय फापरवारी मकवानपुरका तत्कालीन सहायक वन अधिकृत (हाल अवकाशप्राप्त) राजेन्द्रमान भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस्तै, जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन सहायक वन अधिकृत विशाल भट्टराई, सोनालालप्रसाद जयसवाल, क्षेत्रीय वन निर्देशनालय हेटौंडाका सहायक वन अधिकृत नारायण बहादुर कार्की, तत्कालीन रेञ्जर राजु लामा, इलाका वन कार्यालय गढी मकवानपुरका तत्कालीन फरेस्टर मोहनराज घिमिरे, तत्कालीन वन रक्षक किरणकुमार क्षेत्री, तत्कालीन वन रक्षक धनलाल यादवविरुघ पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरुविरुद्ध जनही १ करोड ५२ लाख १९ हजार २ सय २६ रुपैयाँ बिगो दावी गर्दै बिगोअनुसार जरिवाना र अधिकत्तम ११ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

अख्तियारले सेतीदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कमानसिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोलेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध जनही जनही १ करोड ५२ लाख १९ हजार २ सय २६ रुपैयाँ बिगो दावी गर्दै बिगोअनुसार जरिवाना मागदाबी गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ५ : २२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो