ऋषि कपूरको स्वास्थ्यमा गडबड, फेरि क्यान्सर बल्झिने डर ! « Khabarhub

ऋषि कपूरको स्वास्थ्यमा गडबड, फेरि क्यान्सर बल्झिने डर !


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित बलिउड अभिनेता ऋषि कपूरको फेरि समस्या देखिएको छ ।

केही हप्तापहिले स्वास्थ्य अवस्था बिग्रेका कारण ऋषिलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालले छिट्टै नै उनलाई डिस्चार्ज गरेको थियो । लगत्तै परिवारले ऋषिलाई प्रदूषणका कारण इन्फेक्सन भएको जनाएको थियो ।

यतिबेला फेरि ऋषिलाई अस्पताल भर्ना गरिएको छ । उनी बारम्बार बिरामी भए पनि गम्भीर समस्या नदेखिएको जनाइएको छ ।

भारतीय मिडियाले सूत्रको हवाला दिँदै ऋषिको स्वास्थ्य अवस्थाका कारण परिवार चिन्तित भएको लेखेका छन् ।

उनलाई गत वर्ष अमेरिकाको न्यूओर्कमा उपचारका लागि लगिएको थियो । उपचारपछि उनलाई भारत ल्याइएको थियो ।

झण्डै एक वर्ष क्यान्सरको उपचार गराएर मुम्बई फर्किएका ऋषि कपूरले एक हलिउड फिल्मको रिमेकमा काम गर्दैछन् । उक्त फिल्ममा दीपिका पादुकोण पनि हुनेछिन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १ : १३ बजे

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट

दसैँका लागि दुई दिनमा उपत्यकाबाट बाहिरिए १ लाख ९ हजार यात्रु

काठमाडौं– दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्न

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ