नेदरल्याण्ड्सको दुई वटा शहरमा विष्फोट « Khabarhub

नेदरल्याण्ड्सको दुई वटा शहरमा विष्फोट


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेग– नेदरल्याण्ड्सका दुई शहरमा बम विष्फोट भएका छन् ।

स्थानीय समयअनुसार बुधबार बिहान ८ बजेको आसपास डच शहर आम्सटर्डामा रहेको एक कम्पनीको चिठिपत्र कक्षमा विष्फोट भएको डच सञ्चारमाध्यमले जनाएका छन् । आम्सटर्डामको स्लोटेर्डिक क्षेत्रमा भएको विष्फोटबाट सामान्य भौतिक क्षति भएपनि कुनै मानवीय क्षति भने नभएको डच अधिकारीले जनाएका छन् ।

आम्सटर्डाममा विष्फोट भएको आधा घण्टापछि नेदरल्याण्ड्सको दक्षिणी शहर केर्काडामा अर्को विष्फोट भएको थियो । केर्काडामा एउटा हुलाक कम्पनीमा विष्फोट भएको समाचार छ । यो विष्फोटमा पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

यी दुई विष्फोटमा लेटरबम अर्थात् चिठीमा राखिएको बम विष्फोट भएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि यी दुई विष्फोट आपसमा सम्बन्धित रहे नरहेको बारे भने अनुसन्धान भइरहेको जनाइएको छ ।

यसअघि डिसेम्बर र जनवरी महिनामा पनि नेदरल्याण्ड्समा यस्ता लेटरबमको आतंक मच्चिएको थियो । त्यसबेला डच शहरहरु आम्सटर्डाम, रोटर्डाम, अटराइख्ट र मास्ट्रिख्टका ७ कम्पनीलाई धम्की पत्रसहित यस्ता बम पठाइएको थियो । तर, तीमध्ये कुनै पनि बम विष्फोट भएका थिएनन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ४ : २० बजे

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन ५ वटा डोजर तयारी अवस्थामा

काठमाडौँ । सरकारले काठमाडौँ महानगरसँगको समन्वयमा काठमाडौँका विभिन्न सुकुमवासी बस्ती

साई सुदर्शनको शतकमा गुजरातले आरसीबीलाई दियाे २०६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा