कोरोनाको आशंका गरिएका एक जना टेकु अस्पतालबाट भागे, थप तीन जना अस्पताल भर्ना « Khabarhub

कोरोनाको आशंका गरिएका एक जना टेकु अस्पतालबाट भागे, थप तीन जना अस्पताल भर्ना


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको आशंकामा तीन जनालाई अस्पताल भर्ना गरिएको छ ।

चीनबाट नेपाल आएका एक जना चिनियाँ नागरिक र दुई जना नेपालीलाई कोरोनाको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार उनीहरूलाई आज टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो । उनीहरु तीन जनामा कोरोना भाइरस छ वा छैन भनेर टेकुकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको परीक्षणका लागि नमुना पठाइएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको आशंकामा २० जनामाथि कोरोना भाइरसको परीक्षण गरिएको र ती मध्य एकजनामा पोजेटिभ देखिएको बताए । कोरोना पोजेटिभ देखिएका ती व्यक्तिको पनि पछिल्लो पटक भएको परिक्षणमा कोरोना नेगेटिभ देखिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

कोरोनाको आशंका गरिएका बिरामी अस्पतालबाटै भागे !

यसैबीच कोरोना भाइरसको आशंका गरिएका एक साउदी अरेबियाका नागरिक टेकु अस्पतालबाट भागेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले कोरोना भाइरसको आशंका गरिएका अरेबियन नागरिक अस्पतालबाटै भागेको स्वीकार गरे ।

‘एकजना साउदी अरेवियाका नागरिक चाइनाबाट नेपाल आएका रहेछन्, रुघाकोखी लागेपछि अस्पताल आउनुभयो, डाक्टरले कोरोनाको आशंका गरेर भर्ना गर्नुपर्ने भनेका थिए,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ‘उहाँले नेपाली पनि नबोल्ने, फारसी बोल्ने भएपछि अस्पतालमा भर्ना नै नभइ हिडे, उनी सम्पर्कमा नै छैनन् ।’

चीनबाट फर्किएकाले चिकित्सकहरुले कोरोना भाइरसको आशंका गरेका ती बिरामी अस्पतालबाटै भागेको ५ दिन भइसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनको खोजी भइरहेको श्रेष्ठले जानकारी दिए ।

कोरोना भाइरसको आशंकामा अस्पताल आएका बिरामी भर्ना नै नभइ बेखबर हुनुमा अस्पतालको कमजोरी भएको प्रवक्ता श्रेष्ठले स्वीकार गरे ।

‘त्यहाँ गल्ती के भयो भने उनले फारेसी भाषामा बोल्यो राम्रोसँग कम्युनिकेसन नै हुन सकेन भर्ना हुनु पर्ने बिरामी सम्पर्क बिहीन भयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘प्रहरीलाई जानकारी दिएर ती व्यक्तिको खोजी गरिरहेका छौं तर, भेटाएको छैन, ती व्यक्ति बिरामी भएकाले कुनैपनि अस्पताल वा स्वास्थ्यसंस्थामा जानसक्ने भएकाले सबै अस्पताललाई पनि हामीले जानकारी गराएका छौं ।’

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ४ : ४६ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको