विद्रोहीको आक्रमणमा ५१ सिरियाली सैनिक मारिएको टर्कीको दाबी « Khabarhub

विद्रोहीको आक्रमणमा ५१ सिरियाली सैनिक मारिएको टर्कीको दाबी


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अंकारा– सिरियामा बसर अल असद सत्ताविरुद्ध युद्धरत विद्रोही समूहले सिरियाली सेनाविरुद्ध गरेको कारवाहीमा ५१ सिरियाली सैनिक मारिएको टर्कीले दाबी गरेको छ ।

युद्धक्षेत्रमा रहेको श्रोतलाई उद्धृत गर्दै टर्कीको रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिमा उत्तर पश्चिमी सिरियामा विद्रोहीको आक्रमणबाट ५१ सिरियाली सैनिक मारिएको दाबी गरिएको छ ।

त्यस्तै, विज्ञप्तिमा विद्रोही फौजले सिरियाली सेनाको हतियार भण्डार र दुई वटा ट्यांक समेत नष्ट पारेको दाबी गरिएको छ ।

टर्किस सेनाको बमबारीको सहयोगमा सिरियाली विद्रोहीले सेनाविरुद्ध इडलिब प्रान्तको नयरब शहरमा हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसअघि सिरियाली सेनाले राजधानी दमास्कसलाई मुलुकको दोश्रो ठूलो शहर अलेप्पोसँग जोड्ने राजमार्गलाई सन् २०१२ यता विद्रोही फौजबाट पूर्ण रुपमा नियन्त्रणमा लिइएको सिरियाली सञ्चारमाध्यमले दाबी गरेको थियो ।

सिरियाली सेनाले उक्त राजमार्ग पूर्ण रुपमा नियन्त्रणमा लिएपछि टर्किस सेनाको बमबारीको मद्दतमा सिरियाली विद्रोहीले नयरब शहरमा आक्रमण गरेका थिए । त्यस्तै, विद्रोहीले सिरियाली सेनाको हेलिकोप्टर खसालेको समेत दाबी गरेका थिए ।

गत डिसेम्बर महिनामा सिरियाली सेनाले इडलिब–अलेप्पो क्षेत्रमा थालेको कारवाहीयता हजारौं वर्गकिलोमिटर भूभाग नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ५ : ३० बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई