उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न प्रहरी अधिकृतलाई महानिरीक्षक ज्ञवालीको निर्देशन « Khabarhub

उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न प्रहरी अधिकृतलाई महानिरीक्षक ज्ञवालीको निर्देशन


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी सङ्गठनले अख्तियार गरेको नीति तथा कार्ययोजना कार्यान्वयनमा उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न प्रहरी अधिकृत तथा कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आज प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै महानिरीक्षक ज्ञवालीले सङ्गठनले स्थापित गरेको मूल्यमान्यतालाई आत्मसात गरी दायित्व पूरा गर्न आग्रह गरे ।

पीडितमैत्री, नागरिक केन्द्रित र जनउत्तरदायी प्रहरी सेवा प्रवाह गर्र्नुपर्नेमा जोड दिँदै उहाँले थप सुदृढीकरणका साथ सेवा प्रवाह गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

प्रहरी महानिरीक्षक ज्ञवालीले शान्ति सुरक्षा कायम गर्ने तथा अपराधको अनुसन्धानमा एक व्यक्तिको भन्दा सामूहिक प्रयासमा सफलता हासिल हुने विचार व्यक्त गर्दै प्रविधिबाट सिर्जित अपराध नियन्त्रणका लागि प्रहरीले उपलब्ध नवीनतम् प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताए । उनले विध्वंसात्मक गतिविधि नियन्त्रणमा थप सजग एवं सचेत हुनुसमेत आग्रह गरे ।

एक प्रहरी कर्मचारीले सिङ्गो प्रहरी सङ्गठनको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै उनले गौरवमय इतिहास बोकेको प्रहरीको छविलाई थप उचाइमा लैजान सबै प्रहरी कर्मचारीले आपसी भ्रातृत्वभावमा थप सुधार गर्दै सुम्पिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।

उनले व्यक्तिगत स्वार्थभन्दा पनि सङ्गठनको हितमा लाग्न आग्रह गरे । उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंह, प्रहरी नायब महानिरीक्षक, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानको उपस्थिति थियो ।

यसैबीच आजै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६४औँ वार्षिकोत्सवमा सहभागी हुँदै प्रहरी महानिरीक्षक ज्ञवालीले व्यावसायिक सोच र समयानुकूल शैलीको प्रशिक्षित जनशक्तिद्वारा सम्पादित कामले नै सङ्गठनको लक्ष्य प्राप्त हुने बताएका थिए ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : ०० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको