नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमटालाई « Khabarhub

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमटालाई


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट एसोसिएशन (क्यान) ले नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा जगत टमटालाई जिम्मेवारी दिने भएको छ ।

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक रहेका उमेस पटवालले राजीनामा दिएसँगै ३ वर्ष नेपाली क्रिकेट टोली सम्हालिसकेका टमटालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइने भएको हो ।

गत जेठ १८ मा नियुक्ति पाएका उमेश पटवालले नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा दिएपछि टमटालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिन क्यान नेतृत्व तयार भएको स्रोतले जानकारी दिएको हो।

स्रोतका भनेको छ, `क्यान नेतृत्वले तत्कालका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा यसअघि पनि काम गरिसकेका जगत टमटालाई बनाउने तयारी गरेको छ।’

नेपाली टोलीले एकदिवसीय अन्यतराष्ट्रिय मान्यता पाउँदा टमटा प्रशिक्षक थिए।

टमटाले फागुन महिनामा हुने इस्टन रिजन क्रिकेट प्रतियोगिता सम्हाल्ने छन्। इस्टन रिजनका लागि नेपाली टोली यसअघि नै घोषणा भइसकेको छ । उनीहरुलाई शुक्रबारदेखि बन्द प्रशिक्षणमा बोलाइएको छ।

अर्को प्रशिक्षक नियुक्त नगर्दासम्म टमटाले टोलीलाई प्रशिक्षण दिनेछन्।

इस्टन रिजनका लागि नेपाली टोलीमा को छन् ?

 

 

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ११ : ४८ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल