नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमटालाई « Khabarhub

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमटालाई


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट एसोसिएशन (क्यान) ले नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा जगत टमटालाई जिम्मेवारी दिने भएको छ ।

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक रहेका उमेस पटवालले राजीनामा दिएसँगै ३ वर्ष नेपाली क्रिकेट टोली सम्हालिसकेका टमटालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइने भएको हो ।

गत जेठ १८ मा नियुक्ति पाएका उमेश पटवालले नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा दिएपछि टमटालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिन क्यान नेतृत्व तयार भएको स्रोतले जानकारी दिएको हो।

स्रोतका भनेको छ, `क्यान नेतृत्वले तत्कालका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा यसअघि पनि काम गरिसकेका जगत टमटालाई बनाउने तयारी गरेको छ।’

नेपाली टोलीले एकदिवसीय अन्यतराष्ट्रिय मान्यता पाउँदा टमटा प्रशिक्षक थिए।

टमटाले फागुन महिनामा हुने इस्टन रिजन क्रिकेट प्रतियोगिता सम्हाल्ने छन्। इस्टन रिजनका लागि नेपाली टोली यसअघि नै घोषणा भइसकेको छ । उनीहरुलाई शुक्रबारदेखि बन्द प्रशिक्षणमा बोलाइएको छ।

अर्को प्रशिक्षक नियुक्त नगर्दासम्म टमटाले टोलीलाई प्रशिक्षण दिनेछन्।

इस्टन रिजनका लागि नेपाली टोलीमा को छन् ?

 

 

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ११ : ४८ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा