कोरोना भाइरस संक्रमण : डब्लुएचओद्वारा 'विश्वव्यापी महामारी' घोषणा | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमण : डब्लुएचओद्वारा ‘विश्वव्यापी महामारी’ घोषणा


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी महामारीको घोषणा गरेको छ ।

बुधबार डब्लुएचओले पत्रकार सम्मेलन गर्दै चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो समय भयावह भएको भन्दै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो ।

भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन समेत आग्रह गरिएको छ ।

संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सबै सचेत हुनुपर्ने बताए ।

उनले कोरोना भाइरस नियन्त्रणको लागि उचित कदम चाल्न सबै देशका सरकारलाई आग्रह समेत गरेका छन् ।

उनले महामारीलाई हल्का रुपमा नलिन सबै राष्ट्रहरुलाई आग्रह गर्दै अस्पताल र आपतकालीन सेवाहरु तयारी अवस्थामा राख्न समेत अनुरोध गरेका छन्।

हाल १ सय २० भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएको छ भने ४ हजार ६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

विश्वमा १ लाख २६ हजार बढी संक्रमित भएका छन् । संक्रमितमध्य ६७ हजारलाई उपचार पछि निको भएको जनाइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ५ : १५ बजे

बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

दाङ– पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायको सङ्ख्या

अर्घा दरबारमा ऐतिहासिक लाखे नाच सम्पन्न

अर्घाखाँची– अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल अर्घा दरबार तथा

बुद्धले ज्ञान लिएको बोधगयामा ओलीलाई मोदीले स्वागत गर्ने, द्विपक्षीय वार्ता पनि त्यहीँ हुने

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री

ग्लोबल आइएमई बैंकले पायो ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अवार्ड

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’

एल्विश यादवको घरमा अज्ञात समूहद्वारा फायरिङ

‍काठमाडौं-  चर्चित युट्युबर, अभिनेता तथा बिग बोस विजेता एल्विश यादवको