असिना, हावाहुरीसहित चट्याङको सम्भावना : मौसम विभाग « Khabarhub

असिना, हावाहुरीसहित चट्याङको सम्भावना : मौसम विभाग


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको हुँदा केही दिन मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

आगामी तीन दिनको मौसमको पूर्वानुमान बारे जानकारी दिँदै विभागले पश्चिमी तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेकोले हुँदा आवश्यक सतर्कता अपनाउ अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २९ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा दिउसो/साँझपख मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

रातिः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पहाडि भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

फागुन ३० गते (शुक्रबार)

दिउँसोः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ। मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

रातिः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगाएत मध्य का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ। पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

चैत्र ०१ गते (शनिबार)

दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र पूर्वी भू-भागका केहि स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ।

रातिः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ७ : ५७ बजे

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको