च्याम्पियन्स लिगबाट बाहिरियो साविक विजेता लिभरपुल « Khabarhub

च्याम्पियन्स लिगबाट बाहिरियो साविक विजेता लिभरपुल


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको प्रि – क्वाटरफाइनलबाट बाहिरिएको छ ।

एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग ३-२ गोल अन्तरले पराजित हुँदै समग्रमा ४-२ को हारसहित लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो ।

घरेलु मैदानमा जित्नै पर्ने खेलमा लिभरपुल अतिरिक्त समयमा स्पेनिस क्लबसँग स्तब्ध भयो । खेलमा सुरुवाती अग्रता पनि लिभरपुलले लिएको थियो ।

खेलको ४३ औं मिनेटमा जर्जियानो विज्नाल्डमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० मिनेट समग्रमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको चौंथो मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

तर, ९७ औं मिनेटमा एट्लेटिकोका मार्कोस लोरेन्टले गोल गर्दै खेल २-१ मा ल्याए । १०५ औं मिनेटमा लोरेन्टले व्यक्तिगत दोस्रो गोल गर्दा एट्लेटिकोले खेल २-२ को बराबरी गर्न सफल भयो ।

त्यसपछि खेलको अन्तिम समयमा अल्भारो मोरटाले गोल गर्दै एट्लेटिकोलाई ३-२ को जित दिलाए ।

एनफिल्डमा उत्कृष्ट पुनरागमन जितसँगै एट्लेटिकोले भने च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ । यस अघि घरेलु मैदानमा भएको पहिलो लेगमा एट्लेटिकोले १-० को जित निकालेको थियो ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ६ : ३१ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका