च्याम्पियन्स लिगबाट बाहिरियो साविक विजेता लिभरपुल | Khabarhub Khabarhub

च्याम्पियन्स लिगबाट बाहिरियो साविक विजेता लिभरपुल


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको प्रि – क्वाटरफाइनलबाट बाहिरिएको छ ।

एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग ३-२ गोल अन्तरले पराजित हुँदै समग्रमा ४-२ को हारसहित लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो ।

घरेलु मैदानमा जित्नै पर्ने खेलमा लिभरपुल अतिरिक्त समयमा स्पेनिस क्लबसँग स्तब्ध भयो । खेलमा सुरुवाती अग्रता पनि लिभरपुलले लिएको थियो ।

खेलको ४३ औं मिनेटमा जर्जियानो विज्नाल्डमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० मिनेट समग्रमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको चौंथो मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

तर, ९७ औं मिनेटमा एट्लेटिकोका मार्कोस लोरेन्टले गोल गर्दै खेल २-१ मा ल्याए । १०५ औं मिनेटमा लोरेन्टले व्यक्तिगत दोस्रो गोल गर्दा एट्लेटिकोले खेल २-२ को बराबरी गर्न सफल भयो ।

त्यसपछि खेलको अन्तिम समयमा अल्भारो मोरटाले गोल गर्दै एट्लेटिकोलाई ३-२ को जित दिलाए ।

एनफिल्डमा उत्कृष्ट पुनरागमन जितसँगै एट्लेटिकोले भने च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ । यस अघि घरेलु मैदानमा भएको पहिलो लेगमा एट्लेटिकोले १-० को जित निकालेको थियो ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ६ : ३१ बजे

नुवाकोटमा अन्तरविद्यालय देउसीभैलो प्रतियोगिता

नुवाकोट – तिहारको मौलिक संस्कृति बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय

दुई करोड १४ लाख राजस्व संकलन

कुनौली – राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१-८२

सिञ्जामा ९३ वटा विकास– निर्माणका योजना सम्पन्न

जुम्ला– सिञ्जा गाउँपालिकाले गत आर्थिक वर्षमा ९३ वटा विकास– निर्माणका

तिहारका लागि बेच्न राखिएका फूलमाला (तस्बिरहरु)  

काठमाडौं– तिहार पर्वलाई लक्षित गरेर काठमाडौंको मासाङ गल्लीमा स्थानीय फूलमाला

कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही

गलकोट– दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक