कर्णाली प्रदेशमै पहिलोपटक फोहोरबाट ग्यास, पाइपमार्फत घर–घरमा वितरण गरिने « Khabarhub

कर्णाली प्रदेशमै पहिलोपटक फोहोरबाट ग्यास, पाइपमार्फत घर–घरमा वितरण गरिने


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– कर्णाली प्रदेशमै पहिलोपटक वीरेन्द्रनगर नगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी थालेको छ । यसका लागि नगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र केपी व्यावसायिक सेवा प्रालिबीच त्रिपक्षीय सम्झौता भएको छ ।

कूल ३० टन क्षमताको परियोजनाबाट दैनिक ७२० केजी प्रशोधित बायोग्यास तथा नौ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादित ग्यासलाई पाइपलाइनमार्फत वितरण गरिनेछ । यसबाट वीरेन्द्रनगरका करिब १३०० घरधुरी लाभान्वित हुनेछन् ।

विस्तृत परियोजना प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भइसकेको छ । नगर प्रमुख देवकुमार सुवेदीले जग्गासहित अन्य आधारभूत पूर्वाधारको व्यवस्थापन भइसकेकाले एक वर्षभित्रै परियोजना सम्पन्न हुने बताए । ‘फोहरको वर्गीकरण गरेर एकै ठाउँबाट बायोग्यास र जैविक मल उत्पादन गरिनेछ, वीरेन्द्रनगर–११ सिमलकुनामा सञ्चालित गौशालाबाट बायोग्यास उत्पादन हुनेछ,’ उनले भने । परियोजना निर्माणबाट कर्णालीलाई अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्यमा समेत सहयोग पुग्ने बताइएको छ ।

नगरपालिकाका अनुसार विश्व बैंकसमेतको सहयोगमा सो केन्द्रद्वारा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमअन्तर्गत कार्यान्वयन हुने परियोजनाको कूल लागतको ४० प्रतिशत अनुदान केन्द्रले प्रदान गर्नेछ । बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ता कम्पनीले जुटाउनुपर्नेछ ।

डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने यो परियोजना २० वर्ष अवधिको हुनेछ । सम्झौतामा परियोजना निर्माणकर्ताले २० वर्षसम्मको सफल सञ्चालनपश्चात् उक्त परियोजना नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ । परियोजना सञ्चालन गर्न रु १४ करोड १५ लाख ६२ हजार लागत लाग्ने अनुमान गरिएको छ ।

कच्चा पदार्थको रूपमा नगरपालिकाबाट सङ्कलन हुने कुहिने फोहर, छाडा पशु व्यवस्थापनबाट सङ्कलन हुने गोबर तथा अन्य व्यावसायिक प्रतिष्ठानबाट उत्पादन हुने जैविक फोहरसमेत उपयोग गरिनेछ ।

परियोजनाबाट नगर सफा राख्न सघाउ पुर्‍याउनुका साथै छाडा चौपाया व्यवस्थापन, पशु बधशालाबाट उत्पन्न हुने फोहर व्यवस्थापनमा समेत मद्दत पुग्ने नगरपालिकाको अपेक्षा छ । परियोजना निर्माणकर्ता कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद ढकालले बायोग्यास र जैविक मलको उत्पादन गरी व्यावसायिक रूपमा बिक्री गर्न सकिने सम्भाव्यता देखेर परियोजनामा लगानी गर्न तयार रहेको जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १० : ४२ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच