नेपाली भूमि फिर्ता ल्याउनेसम्बन्धी संकल्प प्रस्ताव पेश हुँदै « Khabarhub

नेपाली भूमि फिर्ता ल्याउनेसम्बन्धी संकल्प प्रस्ताव पेश हुँदै


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कालापानी क्षेत्रलाई नेपालकै कायम गराउने र त्यहाँ रहेका भारतीय सैनिकलाई फिर्ता गराउन नेपाल सरकारले पहलकदमी लिनुपर्ने विषय समेटिएको संकल्प प्रस्ताव प्रतिनिधिसभामा पेश हुने भएको छ ।

झण्डै साढे चार महिनाअघि भारतले प्रकाशित गरेको नक्सामा नेपाली भूभाग परेपछि भन्दै त्यसलाई फिर्ता गराउन कूटनीतिक पहल गर्न माग गर्दै उक्त प्रस्ताव प्रतिनिधिसभामा पेश हुन लागेको हो ।

संघीय संसद सचिवालयका अनुसार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले बिहीबार(आज) बस्ने प्रतिनिधिसभा बैठकमा उक्त प्रस्ताव पेश गर्ने छन् । उक्त प्रस्तावलाई नेकपा सांसद रामकुमारी झाँकीले समर्थन गर्नेछिन् ।

सत्तारूढ नेकपाका सांसद् तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले दर्ता गराएको उक्त संकल्प प्रस्तावमा कालापानीमा रहेका भारतीय फौज फिर्ता गराउन माग गरिएको छ ।

सो संकल्प प्रस्तावमा दार्चुला जिल्लाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समेटिएको नक्सा भारतले सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी ओलीले आयोजना गरेको सर्वदलीय बैठकले ती भूभाग फर्काउन नेपाल सरकारलाई निर्देशन दिएको सम्झना गरिएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १० : ०१ बजे

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज

वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनः निर्माणमा हाल केही

मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समिति

टीकापुर– टीकापुर नगरपालिका–८ मा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार

विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्वासीको प्रदर्शन

काठमाडौं- विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्वासीहरूले

विद्या भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

काठमाडौं- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ।