संसदमा प्रश्न : कोरोना संक्रमण फैलिएमा नेपालले नियन्त्रणमा लिन सक्दैन, पूर्व सावधानी खोइँ ? « Khabarhub

संसदमा प्रश्न : कोरोना संक्रमण फैलिएमा नेपालले नियन्त्रणमा लिन सक्दैन, पूर्व सावधानी खोइँ ?


२९ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोनाको संक्रमण नेपालमा भित्रिएका त्यसलाई नियन्त्रणमा लिन नसकिने भन्दै पूर्व सावधानी अपनाउन माग भएको छ ।

विहीवार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले सरकार कोरोनाबारे गम्भीर नभएको आरोप लगाए ।

अमेरिका युरोप लगायतले यात्रा लगायतमा प्रतिवन्ध लगाइसकेको र धेरै मानिसहरु भीडभाड हुने काम रोकिसकेको भएपनि नेपाल सरकारले त्यसलाई वेवास्ता गरेको उनले आरोप लगाए ।

उनले संसद पनि रोक्नु पर्ने बताए ।

‘सरकारले अहिले पनि निरन्तर चलाइरहेको छ । जहाँ भीडभाड हुन्छ त्यहाँ संक्रमण हुने खतरा हुन्छ । स्कूलहरु बन्द गर्नुपर्‍यो’ उनले भने,‘फैलिहाल्यो भने हामीसँग केही पूर्वाधार छैन यसलाई रोक्न, अमेरिका युरोपले त उडानहरु रोकेका छन् हामीले चलाइरहेका छौं ।’

कोरोनाको संक्रमण फैलियो भने नेपालले नियन्त्रणमा लिन नसक्ने र धेरै मानिसहरुको ज्यान जाने हुँदा पूर्व सावधानी अपनाउनु पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ११ : ३० बजे

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर