संसदको कार्यसूचीबाट हट्यो कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव | Khabarhub Khabarhub

संसदको कार्यसूचीबाट हट्यो कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको उत्तर–पश्चिमी सीमा कालापानी क्षेत्रमा भारतले मिचेको भू–भाग फिर्ता ल्याउने तथा त्यहाँ रहेका विदेशी (भारतीय) सैनिक हटाउने सम्बन्धमा संकल्प प्रस्ताव दर्ता गर्ने विषय बिहीबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटाइएको छ ।

यसअघि सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको कार्यसूचीको पहिलो नम्बरमै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय उल्लेख थियो ।

उक्त प्रस्तावमा नेकपाकै सांसद रामकुमारी झाँक्रीले समर्थन गर्ने भनिएको थियो । तर, बिहीबार बिहान ११ बजेतिर बैठक शुरु हुनुभन्दा केही अगाडि उक्त प्रस्तावलाई कार्यसूचीबाट हटाइएको हो ।

‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भू–भाग कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कूटनीतिक र अन्य पहलकदमी गरी नेपालको भू–भाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकाले’ भन्दै नेकपा सांसदलले संकल्प प्रस्ताव दर्ता गर्न लागेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ११ : ३२ बजे

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न