नेपालीमाथि खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँ काठमाडौंबाट पक्राउ « Khabarhub

नेपालीमाथि खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँ काठमाडौंबाट पक्राउ


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको ठमेल क्षेत्रका नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त दरबारमार्ग स्रोतले खबरहबलाई जानकारी दियो ।

स्रोतका अनुसार मंगलबार साँझ ठमेलमा होटल सञ्चाल गर्दै आएका चिनियाँहरुले ग्राहक बोलाउने विषयलाई लिएर नेपाली होटल व्यवसायीसँग विवाद गरेका थिए ।

विवादले झगडाको रुप लिएपछि चिनियाँहरुले नेपाली होटल व्यवसायीमाथि खुकुरी प्रहार गर्न खोजेका थिए । स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि ४ जनालाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका चारै जना चिनियाँविरुद्ध अभद्र व्यवहारको मुद्दामा अनुसन्धान शुरु गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १२ : २६ बजे

सरकारी विधेयक अब कानून आयोगले नै बनाउने, ऐन संशोधनका लागि सुझाव माग

काठमाडौँ – सरकारले सरकारी विधेयक तर्जुमाको सम्पूर्ण जिम्मेवारी नेपाल कानून

लम्जुङमा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु

लमजुङ– पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा एकैघरका दुईजनाको मृत्यु

निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’

काठमाडौँ – यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ वरिष्ठ चलचित्र निर्देशक

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

काठमाडौँ– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी

रसुवागढी एकीकृत भन्सार भवन निर्माण १० वर्षसम्म अधुरै (तस्बिर)

रसुवा– नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन