भारतले गर्‍यो विदेशीलाई यात्रामा प्रतिबन्ध, नेपालीलाई कुनै असर नपर्ने « Khabarhub

भारतले गर्‍यो विदेशीलाई यात्रामा प्रतिबन्ध, नेपालीलाई कुनै असर नपर्ने


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतको विदेशीलाई यात्रामा प्रतिबन्ध लगाउने तयारीले नेपालीलाई भने कुनै असर गर्ने छैन् ।

कोरोना भाइरसको त्रास बढ्न थालेपछि भारतले विशेष सावधानीसहित विदेशीको यात्रामा प्रतिबन्धको तयारी थालेको हो । यो तयारी अन्तर्गत भारतले घुम्न आउने अन्य देशका नागरिकको विशेष निगरानी गर्ने भएको छ ।

त्यसका लागि भारतले सीमा नाकामा परीक्षण गर्ने तयारी गरेको छ । अन्य देशका नागरिकलाई भारत प्रवेशमा कडा निगरानी गरिएपनि त्यसले नेपालीलाई कुनै असर नगर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

दूतावासका अनुसार भारतको पछिल्लो कदमले अन्य देशका नागरिक रोकिएपनि भारत जाने नेपालीलाई कुनै प्रभाव पार्नेछैन् ।

स्वस्थ नेपाली भारतमा निर्वाध जान पाउने भएपनि सीमानामा स्वास्थ्य परीक्षण गरिने र कोरोनाको लक्षण देखिएमा फिर्ता पठाइने दूताबासले जनाएको छ।

यसैबीच भारतले बुधवार विश्वका सबै देशका लागि जारी गरिएको भिसा रद्द गरेको छ । यो भिसा १५ अप्रिल सम्मको लागि रद्द गरिएको हो । तर भारत फर्कन चाहनेले स्क्रीनिङ गरेर १४ दिन सम्म निगरानीमा बस्नु पर्नेछ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको एडवाइजरीमा १३ मार्च सम्मका लागि जारी भिसा रद्द गरिएको जानकारी गराइएको छ ।

तर संयुक्त राष्ट्र संघका अधिकारी, डिप्लोम्याटलगायतका सरकारी अधिकारीलाई प्रवेश दिइनेछ ।

जो व्यक्ति अहिले भारतमा छन् उनीहरुको भिसा जारी रहने छ । चीन इटली इरान कोरिया स्पेन जर्मनीसहित अन्य सबै देशको यात्रा गरेर फेर्किएका भारतीयको स्क्रीनिङ जाँच हुने र उनीहरुलाई १४ दिनसम्म निगरानीमा राखिने छ ।

भारतमा कोरोना भाइरसका ६० केस आएका छन् । जबकी विदेशबाट आउनेवाला लगभग १० लाख भन्दा धेरैको स्क्रीनिङ गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १२ : ४९ बजे

एमाले अब संसद् पुनःस्थापनाको एजेण्डासँगै निर्वाचनमा केन्द्रित हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं‍- निवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेको एघारौँ महाधिवेशनबाट उपाध्यक्षमा

नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण

काठमाडौं– चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु

अनलाइन घोटालाविरुद्ध विश्वव्यापी पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर