घाचोकबाट शुरु भयो ‘दुई नम्बरी’ को छायांकन « Khabarhub

घाचोकबाट शुरु भयो ‘दुई नम्बरी’ को छायांकन


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’ को छायांकनको शुरु गरिएको भएको छ । दुई मित्रको कथा समेटिएको यो फिल्मको छायांकन बिहीवार (आज) देखि शुरु भएको हो ।

निर्देशक लामाले कास्कीको घाचोकबाट फिल्मको छायांकन थालिएको खबरहबलाई बताए । उनले भने, ‘निर्धारित योजनाअनुसार छायांकन थालेका हौं ।’

नायक दयाहाङ राई र नायिका उगेन छोदेनले फिल्मको पहिलो दृश्य दिए ।

यो फिल्ममा पल शाह र वर्षा राउतको पनि शीर्ष भूमिका रहनेछ । ‘दुई नम्बरी’ बाट नेपाली रजतपटमा भुटानी नायिका उगेनले डेब्यु गरेकी छिन् ।

सम्पूर्ण छायांकन पोखरामा गरिने भनिएको यो फिल्मको ३५ दिनमा शूटिङ सकाइनेछ ।

रोहित कट्टेल र सरोज नेपालीले निर्माण गरेको यो फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् भने किरण नेपाली प्रस्तुतकर्ता छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ३ : ०४ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट