बेलायतमा कोरोना भाइरसले एकै दिन ९ सय बढीको मृत्यु « Khabarhub

बेलायतमा कोरोना भाइरसले एकै दिन ९ सय बढीको मृत्यु


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ९१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ ।

कोरोना भाइरसबाट संक्रमितको संख्या ७८ हजार ९९१ पुगको छ । जसमा एकै दिन ५ हजार २३३ जना संक्रमित भएको जनाइएको छ ।

बेलायतमा संक्रमितमध्ये ३४४ जना उपचारपछि निको भएका छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ६८ हजार ७७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ८ हजार ७५५ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १७ लाख ७८ हजार २ सय भन्दा बढी रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ५ : ५३ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र