कोरोना भाइरस : २४ घण्टामा ८० हजार २१८ नयाँ संक्रमित थपिए, ६ हजार ८३ ले ज्यान गुमाए « Khabarhub

कोरोना भाइरस : २४ घण्टामा ८० हजार २१८ नयाँ संक्रमित थपिए, ६ हजार ८३ ले ज्यान गुमाए


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ७९ हजार ९९ पुगेको छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ८० हजार २१८ नयाँ संक्रमित थपिएको छन् । यो हिजोको भन्दा बढी हो ।

त्यस्तै एकैदिन ६ हजार ८३ जनाले ज्यान गुमाएका छन् । उनीहरुसँग अब कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार ७७० पुगेको छ ।

संक्रमितमध्ये ४ लाख २ हजार ७०९ जना उपचारपछि निको भएर फर्किएका छन् । अहिले निको भएर फर्कनेहरुपनि संक्रमित हुने क्रम बढ्न थालेको चिकित्सकहरुले बताएका छन् ।

अहिले १२ लाख ६७ हजार ६२० जना कोरोना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५० हजार ५८४ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अमेरिकामा बढी फैलिएको छ । अमेरिकामा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित छन् भने ज्यान गुमाउनेको संख्या पनि अमेरिकैमा बढी पुगेको छ ।

अमेरिकामा ५ लाख ३२ हजार ८७९ जनामा संक्रमण भएको छ । २४ घण्टामा मत्रै ३० हजार ३ नयाँ संक्रमित फेला परेका छन् ।

कोरोना संक्रमितमध्ये २० हजार ५७७ जनाको मृत्यु भएको छ । एकै दिन अमेरिकामा १ हजार ८३० जनाले ज्यान गुमाएका छन् ।

इटालीमा एकैदिन ६१९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या हजार ४६८ पुगेको हो ।

इटालीमा एकैदिन ६१९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५२ हजार २७१ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३२ हजार ५३४ जना उपचारपछि निको भएका छन् । ३ हजार ३८१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख २६९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ९१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ ।

कोरोना भाइरसबाट संक्रमितको संख्या ७८ हजार ९९१ पुगको छ । जसमा एकै दिन ५ हजार २३३ जना संक्रमित भएको जनाइएको छ ।

बेलायतमा संक्रमितमध्ये ३४४ जना उपचारपछि निको भएका छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ६८ हजार ७७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ५२५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ६०६ पुगेको छ ।

स्पेनमा एकैदिन ४ हजार ७५० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ६३ हजार २७ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ५९ हजार १०९ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८७ हजार ३१२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८८ पुगेको छ । भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४४६ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ९६९ जना उपचारपछि निको भएका छन् । ७ हजार १८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ६ : ३० बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने